Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सौन्दर्यकर्मी एलिना श्रेष्ठद्वारा सञ्चालनमा ल्याइएको तारकेश्वर नगरपालिका जरङ्खुस्थित एलिनाज व्युटिपार्लरको उद्घाटन प्रमुख अतिथि वरिष्ठ सौन्दर्यविद् तथा समाजसेवी सोनी काररञ्जितद्वारा सम्पन्न भएको छ । उक्त अवसरमा अन्य सौन्दर्यकर्मीहरू, सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । युवा व्यवसायी सौन्दर्यकर्मी एलिना श्रेष्ठद्वारा सञ्चालित एलिनाज व्युटिपार्लर उक्त क्षेत्रको अत्याधुनिक प्रविधिमार्फत् सौन्दर्यसम्बन्धी सम्पूर्ण सुविधासम्पन्न व्युटिपार्लर हो । विगत चार वर्षदेखि सौन्दर्य पेसामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको एलिनाज व्युटिपार्लरमा अनुभवी सौन्दर्यकर्मीमार्फत् ग्राहकहरूलाई सेवा, सुविधा प्रदान गरिन्छ भने महिलाहरूलाई चाहिने सौन्दर्य सामग्रीसमेत बिक्री–वितरण हुने कुरा सौन्दर्यकर्मी एलिना श्रेष्ठले बताइन् । आफ्नो व्यवसायिक सफलताको श्रेय आफ्नी आमा इन्दिरा श्रेष्ठ र आफ्नी गुरुआमा सोनी काररञ्जितलाई दिने उनले उहाँहरूको नै हौसला तथा प्रेरणाले गर्दा आफूले व्यवसाय सुरु गरेर आत्मनिर्भर बनेको बताइन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल