Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित विस्तृत कार्ययोजना र अवधारणापत्र पठाएको जनाएको छ।
३१ पृष्ठको अवधारणापत्रमा विगतका निर्वाचन परिणाम, पार्टीले भोगेको राजनीतिक चुनौती, जनतामा घटेको विश्वास तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत विश्लेषण गरिएको छ।
एमालेको निष्कर्ष अनुसार २०७४ सालको निर्वाचनपछि बनेको वाम एकता र त्यसपछिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन तथा एमाले विभाजनले पार्टी समर्थकहरूमा निराशा बढाएको थियो। यही कारण कतिपय मतदाता वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भएको दस्तावेजमा उल्लेख गरिएको छ।
दस्तावेजमा राष्ट्रिय स्वतन्त्र पार्टी को उदयलाई नेपालको राजनीतिक अस्थिरता र बदलिँदो राजनीतिक परिस्थितिसँग जोडेर विश्लेषण गरिएको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य का अनुसार अभियानको उद्देश्य केन्द्रीय नेताहरूलाई पार्टीको विगत, वर्तमान चुनौती र भावी रणनीतिबारे स्पष्ट बनाउँदै संगठनलाई जनस्तरसम्म सक्रिय बनाउनु हो।
जनतासँगको सम्बन्ध सुदृढ गर्न एमालेले ‘६ ज’ को अवधारणा अघि सारेको छ:
एमालेले सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभावकारी प्रयोगलाई पनि अभियानको मुख्य हिस्सा बनाएको छ। कार्यकर्ताहरूलाई डिजिटल प्रचार, ‘अल्गोरिदम’ को प्रभाव तथा जनधारणा व्यवस्थापन (पर्सेप्सन म्यानेजमेन्ट) मा विशेष ध्यान दिन निर्देशन दिइएको छ।
पार्टीले सबै केन्द्रीय सदस्यलाई विभिन्न पालिकाको जिम्मेवारी तोकेको छ। आवश्यक स्थानमा अन्य नेताहरूलाई समेत खटाइएको छ। अभियान प्रभावकारी भए–नभएको अनुगमन गर्ने व्यवस्था पनि गरिएको छ।
पार्टीले खटिएका नेताहरूलाई होटलभन्दा जनताको घरमा बसेर प्रत्यक्ष संवाद गर्न प्रोत्साहित गरेको जनाएको छ। एमालेका अनुसार यो अभियान आगामी स्थानीय तथा प्रदेश निर्वाचनसम्म निरन्तर सञ्चालन हुनेछ।
यस अभियानमार्फत संगठन पुनर्जीवन, जनविश्वास पुनःस्थापना तथा निर्वाचनमा सफलता हासिल गर्ने लक्ष्य एमालेले लिएको छ।
२०८३ जेष्ठ ३१
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल