Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वार्थमा चोट पर्दा पीत पत्रकारिता

ईश्वरी वाग्ले

कुरो कम्युनिष्ट पीता मोहन विक्रमको दृष्टिमा पीत पत्रकारिता कस्तो भन्ने हो । हावा नलागे पात हल्लिदैन । जब मसालमा सिंहको कारवाही चल्छ अनि आउँछन् उनको स्वार्थका समाचार । बुढाहरू सम्मानित छन् मोहन वैद्य मोहन विक्रमको व्यक्तिगत इगोले तत्कालीन मसाल छिन्नभिन्न भएकै हो । यिनकै इगोले एकिकृत पार्टी भताभुङ्ग भयो । यिनको ठाउँ मालेले खाएको स्वीकार्न यी अझै सक्दैनन् । मोहन विक्रमले जनयुद्ध विरुद्ध पर्चा छापेर छर्दा दिनानाथले विद्रोह गरेको बताउथे । सिंह पनि विदेशी रअद्वारा सञ्चालित मोहन वैद्य, इयूको क्रिश्चियन फण्डबाट सञ्चालित भएको केशरजंगका कार्यकर्ता लेखक अर्जुन ज्ञवालीले नै बताउँछन् ।

ज्ञवाली वीपिको आत्मकथामा समेटीएका विषयवस्तु तथ्यपरक मान्छन् । सिंहको जनमोर्चालाई उपसभामुख वा मन्त्री दिने कुरा नेकपाको नेतृत्व तहमा छलफल भएकै हो । उपेन्द्र यादवले सत्ता छाडे, राजपासँग नेकपाको सम्बन्ध बलियो भयो । एउटै पार्टीले सभामुख र उपसभामुख लिन नपाउने संवैधानिक व्यवस्था हुँदा जनमोर्चाको नाउ सत्तासँग जोडिनु पीत पत्रकारिता हुँदैन । प्रमको एकल निर्णयले हालै हटाईएका मन्त्रीहरू चक्रपाणी खनाल, गोकर्ण विष्टको बारेमा पार्टीमा देखिएको असन्तुष्टिका बारेमा प्रचण्ड निवासमा पुगेका छानिएका विश्वासपात्रहरूको जमघटमा पनि यो विषय उठेकै थियो । त्यही बेला क. अध्यक्षले सम्मानपूर्वक भनेका थिए– बनाउनु पाए हुन्थ्यो, सभामुख वा मन्त्री । दुर्गालाई उपसभामुख सिंहको आँकाक्ष्इाा नभए प्रचण्डले त्यो कुरा बोल्दैनथे । मोहनविक्रम हाम्रै गुरु हुनुहुन्छ । उहाँलाई पनि सम्मानै हुन्थ्यो बूढो मान्छे मलाई त मोहन विक्रम, मोहन वैद्य, नारायणमान विजुक्छे, सिपी मैनालीलाई हामीसँगै राखेर कम्युनिष्ट केन्द्र बनाउने रहर छ । के मोहनविक्रमका लागि यो पीत पत्रकारिता भयो ?

यस्तो लक्ष्य र उद्देश्यमा प्रचण्डका यी भनाई किन आउँछन् ? सिंहप्रति मोह हुँदैनथ्यो भने प्रधानमन्त्रीले बाइपास भन्न सक्नुहुन्न । पीत पत्रकारिता भन्ने क. मोहन विक्रमजी यो सत्य आफैले सुन्दा ताजा खबरको समाचार भयो कि भएन ? राष्ट्रिय जनमोर्चाबाटै पौडेललाई संविधान सभाको सांसद पनि बनाइएकै हो । नेकपाको साथ बिना सम्भव थिएन अब पनि छैन । संघिय गठबन्धनसँग सहकार्य गरेर राम्रै भएको छ । संसदीय जालमा प्रवेश गर्ने राज्यको सेवा सुविधा प्रयोग गर्ने अभियानमा सबै क्रान्तिकारी लाग्दा मोहन विक्रम लागे भन्नुको तुक हुँदैन । नदीमा मिसिएका खहरेमा सबै राम्रो पानी भएका हुँदैनन् भन्ने ज्ञान भिष्म पीतामहलाई छ । यस्तो कुुरामा जोरी खोज्नु हुन्न ।

यिनै भिष्म पीतामहले डा. बाबुरामको बारेमा २०४१/०४२ सालमा गरेको विश्लेषण र नेकपाका नेता प्रचण्डले बाबुराम तत्कालीन माओवादीबाट बाहिरिँदा गरेको टिप्पणी ठ्याक्कै मिल्छ । प्रचण्डले भनेका थिए– कुनै प्रसंगमा डा. बाबुराम हामीसँग मिल्न सकुञ्जेल मिल्छन् नसकेपछि उ आफैँ बाहिरिन्छन् । अहिलेको अवस्थामा डा. बाबुरामलाई हामी नै आवश्यक पर्छ किनकि ऊ उपेन्द्रसँग धेरै टिक्दैन । उसले बढीसे बढी उपेन्द्रलाई सत्ता आउट गर्छ र हामीसँगै आउँछ । हेरौँ न केही समय । क. प्रचण्डले गरेको यो विश्लेषणले करिब करिब मिल्यो उपेन्द्रले सत्ता छाडेका छन् । राजमोको नाउ जोडिएको उपसभामुख राजपातिर सरेको छ । ओलीको पहिलो कार्यकालमा उपप्रम एवं गरिबी निवारण तथा सहकारी मन्त्री चित्रबहादुर केसीलाई दिइयो देशको प्रशासनीक शंयन्त्रले कति सघायो ? कमरेड सिंहले के सुझाव दिए ? कम्युनिष्टले गरिबको हित गर्न भनिन्छ । नेकपा मसालले कतिको हित ग¥यो ?

सरकार त जिविस बाग्लुङ र प्यूठानमा पनि चलाएकै थियो त ? कमरेडको लखे हुबहु हुँदैन तिम्रो मात्र होइन प्रदिप गिरीको जेपी गुप्ताको पनि हुबहु हुँदैन रे ! व्यक्तिगत कमीकमजोरी सबैका हुन्छन् । क. भिष्म पीताका पनि छन् । हामी त सम्मान गर्छाैं नेताहरू पार्टीमा परिवार मोह र गुट मोह नगर भन्छौ । मान्छ कसैले ? कमरेडले २०६२/०६३ मा प्युठानबाट नागरिकता लिएका हुन त्यो भन्दा अगाडि कस्को पासपोर्टमा विदेश घुम्थ्यौ । तिमी त अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रिमकै बैठकमा कति पटक भारतबाट विदेश गएका पनि थियौ । त्यो पीत व्यवहार हो कि होइन ? हिजो बीपीले राजा राष्ट्रियता र राजनीति शीर्षक पुस्तकमा पुष्पलाल र मोहन विक्रम भारतीय सरकारका संरक्षित थिए भन्दा कतै खण्डन किन आएन । जबकि भारतीयको संरक्षण भनेको रअको संरक्षण हो भन्ने कुरा जोसुकै क्रान्तिकारीले बुझ्नुपर्छ । हामीलाई सिकाउने हो ? प्रचण्डले डा. भट्टराईलाई कारवाही गर्दा (रोल्पा फुल्टीवाङ्ग वैठकबाट) उनको बचाउका निम्ति यिनै क्रान्तीकारी सिंह दिल्ली पुगेर एसडी मुनीलाई भेटेको तथ्य पनि हामीसँग छ त्यो पीत पत्रकारिता हो ? जबकि डा. सापलाई रअको जासुसी भएको राजनीति गुरुहरूसँग दार्शनीक वहस गर्न नसकिएला । व्यवहारिक पक्ष कम्युनिष्टले भन्ने एउटा गर्ने अर्काको बारेमा त तथ्यसँग बहस गर्न सकिन्छ ।

किन बोल्दैनौ देशभक्त मोहन विक्रमले प्रधानमन्त्री ओलीको नेपाल ट्रष्टको सम्पत्ति थामसेर्कु समूहलाई सुम्पेको विषयप्रति ! संसदमा कुरा उठ्यो लेखा समितिमा विषय पुगेको छ । यस्ता विषयमा मोहन विक्रम जस्ता लेख्नेको किन कलम चल्दैन ? हामी थाहा पाएको लेख्छौं । अरुको हामी ठेक्का लिन्नौ । पीत पत्रकारिता हाम्रो रुची होइन, गर्दैनौ पनि । दुर्गा मात्र थिइन मसालभित्र सांसद बन्ने योग्यताकी । यहाँ परिवारवादमा प्रचण्ड, केपीको नाउँ जोडिन्छ, मोहन विक्रमको जोड्ने कि छाड्ने ?