Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वार्थले सिद्धिदैछन् नेपालका कम्युनिष्ट

भन्दा कम्युनिष्ट चरित्र र व्यवहार सामन्तवादका अवशेष एमालेका केपी ओलीको कारण जनताले दिलाएको दुई तिहाई त जोगिएन कम्युनिष्ट नाउको लुट र सत्ताको ब्रम्हलुटको छानविन अख्तियारले गर्न थालेपछि नांगा भनिएका धनाढ्य कम्युनिष्टलाई जनताले थुक्ने दिन आउँदैछ । व्यक्ति पूजामा रमाएर सुमेरु पर्वतको एक पटक होइन बारम्बार प्रदक्षिणा गर्नु पर्ने परम्पराका महानायक केपी ओली आफैं सुल्झने स्थितिमा छैनन् । नेकपा एमालेले विकासको चरणमा भिœयाएको एनजीओ प्रथाले पैसा रोकिनासाथ सबै संगठन संरचना ध्वस्त भएका छन् । पार्टी बदनाम भएको छ । तर पनि ओलीलाई चासो छैन ।
केपी ओली अध्यक्ष भएपछि नेकपा एमालेको संगठन बढेको छैन । कार्यकर्ता बढेका छैनन्, पार्टीले राम्रो गरेर जनमत पनि बढेको छैन । कुटनीतिक सम्बन्ध पनि बलियो छैन । देशका सहयात्री दलले एमालेको खोजी गर्दैनन् । पार्टीभित्र एकता होइन गुटको जगजगीका कारण स्वार्थ केन्द्रीत निर्णय गर्ने र सुमेरु पर्वत घुमेर राजनीतिक नियुक्ति खाने फाइदा लिनेकै हाली मुहाली हुँदाको समय आज छैन पार्टीलाई सहयोगको आवश्यकता पर्दा सघाउनु् पर्ने जनशक्ति घट्दो छ । कम्युनिष्ट पार्टीले वर्गीय धरातल त्यागेर पुँजीवादलाई स्थान दिँदा त्यहाँ श्रमको इज्जत पनि भएन । पार्टी कुनै दर्शन र सिद्धान्तमा पनि अडिएको छैन ।

दुवै कम्युनिष्ट उस्तै
एमाले यस्तै भो अर्को छ र त्यो शक्तिमा निष्ठा र त्याग छ भन्ने पनि भएन । माओवादी जसरी खुल्ला भयो हतियार बिसायो । त्यसले पनि वर्गीयतालाई भन्दा जातीवादमा रमाउँदा पार्टी टुक्रा टु्क्रा भो । विदेशी दलालहरू पार्टीमा हावी भए । संस्कार र संस्कृति जोगाउने र प्रगतिशिल नीतिलाई स्थापित गर्ने कुरामा नेतृत्वले ध्यान दिएन । सत्ता माओवादीका केन्द्रीय आत्माभयो । व्यवहार गुटबन्दी गर्ने पदमा पुगेपछि पैसा उठाउने, मोजमस्तीमा रमाउनु नै दशवर्षे जनयुद्धको उपलब्धी ठानियो । जनताको दैनिकी कठोर छ । सर्वहारा मजदूर र किसानको हितमा काम गर्नु पने कम्युनिष्टमा लाग्दा देशको गति कहाँ पुग्यो त्यो देखियो । जनजीविकाको स्थिति खस्कँदो छ । कम्युनिष्टहरू सडकमा छैनन् । आज संघीयता गणतन्त्र, समावेशीताको एजेन्डा प्रचण्ड र केपी ओलीको कमाइएको भाँडो भयो । शारीरिक असक्तताका बाबजुद पनि पार्टी अध्यक्ष ओली पद त्याग गर्न नसक्ने, मृत्यु पर्यन्त पार्टी सत्ता छाड्न नचाहने अहंकारका कारण उनी आफै आफ्नैको चर्को विरोध र घेराबन्दीमा परेका छन् । एमालेको तहबाट राम्रो केही गरेको छ भने दलाल, कमिशन, माफिया र एजेन्टलाई नै बढी प्रोत्साहन दिने काम भएको छ । राज्यको ढुकुटीबाट आफ्नो दरबार बनाउने पार्टीका नेताको अपमान गर्ने प्रवृत्ति ओलीको केन्द्रीय एजेन्डा भएका छन् ।

नयाँ दलाल समेट्दै ओली
कम्यु्नष्टिहरूबीचमा मुद्दा र एजेन्डामा कार्यगत एकता हुनुपर्छ र हुन्थ्यो । तर ओली अध्यक्ष भएपछि जनता र राष्ट्रका साझा मुद्दाले ठाउँ पाएनन् । नेकपाको नाउमा ओली प्रधानमन्त्री बन्ने गरी कार्यगत एकता हुँदा पनि ओलीकै कारण एकता भत्केको हो । आज प्रदेश सरकार बनाउने मुख्यमन्त्री छान्ने कुरामा पनि ओलीका कारण लामो विवाद भयो । त्यो पनि एमालेभित्र । ओलीले पार्टीलाई क्लब बनाए । कार्यकर्तालाई दास र हनुमान बनाउन खोजेका छन् । हिजोका दाश र हनुमानले फाइदा लिए गए । अब ओलीलाई नयाँ दास र हनुमान चाहिएको छ । त्यसका लागि उनले माओवादीका प्रचण्डलाई फसाए तर उनीसँग भिडेर संगठनमा हिजो १५ वर्षसम्म स्थापित भएका माधव नेपाल फस्ने छैनन् । आजको आवश्यकता वामपन्थी सहकार्य हो । प्रचण्ड ओली प्रम बन्न पार्टी एकता होइन । बर्खामा आची पुछेको खोया हिउँदमा आगो सल्काउन काम लाग्छ भन्ने उखान छ । हिजो ओलीले हेप्ता माधवको नाउ लिँदा मुख कुल्ला गर्नुपर्ने शब्दको झल्को याद गर्नेले ओलीको नेतृत्व कदापी स्वीकार्दैन । कम्युनिष्टहरूमा ओली र प्रचण्डप्रति जनमोह छैन । यिनको स्वकीय सचिवालयमा पालेका खजाञ्चीहरूको सम्पत्ति छानविनमा किन प¥यो ? कम्युनिष्टको आचरण र सिद्धान्त कहाँ गयो ? वर्गीयता नै लाजले लजाइसक्यो, संगठन खस्क्यो । उनीहरू भन्दैछन् हामी सम्प्रन्छौं ।

प्रचण्ड र ओलीमा भिन्तता
प्रचण्डले गल्ती स्वीकार गर्दा ओलीलाई चासो छैन । पार्टी बैठक बस्दैन । चुनावको समिक्षाभित्र नैतिकता भन्ने शब्द छ । जुन शब्द ओलीले मन पराउँदैनन् । चुनावमा जान्नेलाई छानेका जनताले कुनै वाद, सिद्धान्त भएको अराजक जत्थालाई बहुमत दिएको फल पाएकै छन् । किसान र मजदूरको पार्टी हो भन्ने दीपक भट्ट, दीपक मलहोत्रा, सुलभ अग्रवालको काम गर्ने कम्युनिष्ट पार्टी केपी ओलीको भयो । ओलीबाट विपक्षका कुरा नसुन्ने, जादु सिकेका बालेन्द्र शासन पनि उस्तै छ । मल छैन, ग्यास छैन । किसानसँग जोडिएको मल हरेक घरमा जोडिएको ग्यास नै आज कम्युनिष्टको राजनीतिक लडाइँ बन्न सक्थ्यो । तर कम्युनिष्ट सत्यनास भएपछि त्यो मुद्दा उठाउने शक्ति भएन । प्रचण्ड गल्ती स्वीकार्छन् सच्याउँछन् । ओली आलोचना सहँदैनन् । राज्य फुटाउन मधेश प्रदेशको बखेडा झिक्ने भारतीय पन्नाहरू प्रदेशमा छन् । मुद्दा एउटै, विचार एउटै तर चरित्र फरक भएका कारण मधेशको समस्या मधेशमा उठ्दैन । पहाडको समस्या छुट्टै छ । त्यहाँ राज्यको मल, बिउ भन्दा पनि उत्पादनले बजार नपाएकोमा छ । मल पाउनु पर्ने किसानले मल पाउँदैन । आफ्नो उत्पादनको भाउ पाउँदैन । यातायातको सुविधा छ तर सिञ्चाई नहु्ँदा मधेश र तराई सधैं तड्पिएको छ । जनताका प्रतितिधि छन् राज्यलाई दबाव दिँदैनन् । यस्तो अराजकता सिर्जना गर्न दुई तिहाई देशका लागि अभिसाप बन्दैछ । प्रचण्ड र ओलीलाई स्थानीय र प्रदेश चुनावसम्म सहकार्य गर्ने हल्ला गरेर दाश र दलालहरूलाई प्रदेशको सत्ता बाँड्न भ्याइ नभ्याई छ ।