Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यहाँ सानातिनालाई कानुन लाग्छ, अस्पतालको मुखै नदेखि जेलमै ज्यान जान्छ तर ठूला बडालाई भने कानुन पनि फरक छ । हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको बताइएको छ । अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो, गृह स्रोतले भन्यो, लगत्तै उहाँलाई कानुनी प्रक्रियामा फर्काइनेछ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने अहिले हिरासतमै छन् ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल