Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वीटजरल्याण्डले दियो स्वास्थ्य सामाग्री

काठमाण्डौ । नेपाललाई कोरोना भ्याक्सिनको आवश्यकता छ । राजनीतिक दलहरु जनताको स्वास्थ्य भन्दा आफ्नै कुर्सी स्वार्थमा भिडीरहेका छन् । सेरम कम्पनिको खोप लगाएका १४ लाख जेष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन नपाएर छट्पटाइरहेका छन् । कोरोना विरुद्ध आवश्यक पर्ने भ्याक्सिन विश्व मै हाहाकार छ । तर विकसीत मूलुकहरुको कृपा नेपालमा परेको छैन ।

स्वास्थ्य समागी्र भने दिने हाडबाजी चलेको छ । यसैगरि स्वीटजरल्याण्डले नेपाललाई ठूलो मात्रामा स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । ती स्वास्थ्य सामग्रीहरु लिएर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्याप्लर शनिबार काठमाडौं आइपुग्नेछिन् । स्वीटजरल्याण्डले नेपाललाई दिन लागेको सामग्रीको सूचीमा भेन्टिलेटर, अक्सिजन कन्सन्टेटरका साथै ठूलो मात्रामा एन्टीजेन परीक्षण किट र पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु रहेको बुझिएको छ । स्पेनबाट आएको स्वास्थ्य सामग्रीभन्दा पाँच गुणा बढी सहयोग स्वीटजरल्याण्डले पठाइरहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

स्रोतका अनुसार शनिबार बिहान स्वीस राजदूत क्याप्लरले त्रिभुवन विमानस्थलबाटै ती सामग्रीहरु स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गत वर्षको मे महिनामा पनि स्वीस राजदूत क्याप्लरले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पीपीई र किट लगायतमा सामग्री हस्ताक्षर गरेकी थिइन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल