Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा समातिए रामचन्द्र

पाँचथर । धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका(७ लेकगाउँ बस्ने २६ वर्षीय रामचन्द्र राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
राईले गत शनिबार सोही ठाउँ बस्ने ५१ वर्षीया गंगा देवी राई लगायत ४ जनालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खान्द्रुङ र ईलाका प्रहरी कार्यालय रबिबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९घोपा० धरान सुनसरी पठाएकोमा गंगा देवी राईको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । अन्य घाइतेहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार