Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा २ जना पक्राउ

काठमाडौं । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई घटनाको १५ वर्षपछि शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट तार्केश्वर गाउँपालिका(५ ठेगाना भएका ४० वर्षीय सन्त बहादुर तामाङ र ३२ वर्षीय केशव लामा रहेका छन् ।
२०६१ बैशाख २६ गते सोही ठाउँ बस्ने १५ वर्षीय लैलु लामालाई सोही गाउँपालिका(४ कर्छिन्टेस्थित घेवा हेर्न गएको अवस्थामा उनीहरु लगायत ४ जनाले टोलको झगडाको विषयलाई लिएर कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका लैलुको त्रिशुली अस्पतालमा उपचारको क्रममा २०६१ बैशाख २९ मृत्यु भएको थियो । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सन्तलाई काठमाडौं नागार्जुन नगरपालिका(२ नाम्गेल चोकबाट र केशवलाई काठमाडौं नगरपालिका(१७ ढुल्कुबाट पक्राउ गरेको हो ।
दुवै जनालाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको उक्त व्यूरोले जनाएको छ ।