Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै अनावश्यक स्टक नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । निगमले पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै फैलिएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । निगमका कार्यकारी निर्देशक डा।चण्डिकाप्रसाद भट्टले नेपालमा प्रतिदिन ९० बुलेट १ लाख १४ हजार सिलिण्डर एलपीजी ग्यास चाहिने बताए। जसमध्ये शनिवारदेखि मंगलबारसम्म ३६५ बुलेट ग्यास लोडिङ भएको बताए । मंगलबारमात्रै १ लाख ६३ हजार ३ सय सिलिण्डर ग्यास भारतबाट आयात भएको छ । यी मध्ये केही बुलेटहरु बाटामा रहेको र आजै नेपाल प्रवेश गर्ने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत अनावश्यक रुपमा ग्यासको स्टक नगरिदिन उपभोक्ताहरुलाई अनुरोध समेत गरे । चुनाव अवधिमा पनि यही रुपमा निरन्तर रुपमा ग्यास आपूर्ति हुने भट्टले बताए । केही दिन यता ग्यासको अभाव भएको भन्दै उपभोक्ताहरु लामो लाइन लागेर बस्न थालेका छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल