Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। प्रहरीलाई गाह्रो छ । नक्कली भुटानी शरणार्थीको जालो जब सत्तापक्षतिर अघि बढ्छ त्यतिबेला प्रहरी रोकिनु पर्ने अवस्था छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल व्यक्ति’ संलग्न देखिएपछि प्रहरी महानीरिक्षक बसन्त कुँवर र महान्याधिवक्ता दिनमणी पोखरलको दौडधुप चलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार नै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउन लागेको भएपनि आइतबार बिहान आइजीपी कुँवर, एआइजी, श्याम ज्ञावाली, महान्याधिवक्ता पोखरेल लगायतका उच्च अधिकारीहरुको बैठकले अनुसन्धान प्रतिवेदन बुझाउन ढिलाई गरेको हो। बिहानदेखि चार घण्टा उच्चस्तरीय बैठक बस्यो त्यसपछि आज जाने भनिएको अनुसन्धान प्रतिवेदन प्रहरी कार्यालयमै रोकियो, स्रोतले भन्यो। पक्राउ परेको नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र विचौलियाको बयान, गृहमन्त्रालयको बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनलाई किर्ते गरेको, एसएमएस र केही बाउन्स चेकलाई प्रमाणको रुपमा पेश गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको अवस्थामा त्यसलाई सकेसम्म कमजोर बनाउने गरी उच्चस्तरीय बैठक बसेको स्रोतको दाबी छ। अनुसन्धानमा संलग्न अधिकृतका अनुसार शुरुमा पीडितले दिएको बयान र गिरोहका सदस्यहरुले दिएको बयानका आधारमा फेला परेका बाउन्स चेक, मोबाइल सफ्टवेयर रिकभर गर्दा भेटिएका एसएमएस र गृहमन्त्रालयले गठन गरेर तयार पारेको प्रतिवेदनको किर्ते नै मूख्य आधार र प्रमाणको रुपमा प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयमा बुझाउन लागेको थियो। तर सो अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा नपुग्दै आइजीपीसहितको टिमले अनुसन्धान अधिकृतहरुसँग छलफल गरेको स्रोतको दाबी छ।
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल