Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन्। मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए। ‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो। अधिवेशन कांग्रेसभित्रको प्रतिस्पर्धा हो। त्यो तुषलाई सबैले त्यागौ। मैले त त्यागिसकेँ, तपाईंहरूले किन नत्याग्ने मैले बुझेको छैन,’ कोइरालाले भने। उनले गुटको झगडामा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह पनि गरेका थिए।
‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइन ? वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइन ? जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन तपाईंहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन,’ कोइरालाले भने। उनले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिइसकेको पनि बताए। ‘लडाइँ शेरबहादुरजी र मेरो हो। तलबाट माथिसम्म। त्यो लडाइँ सकिइसक्यो। शेरबहादुर र म एकै ठाउँमा उभिएका छौं,’ उनले भने, ‘म पटकपटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु। मेरा कुरा सुनिरहनुभएको छ मानिरहनुभएको छ। तपाईंहरू तल किन लडिरहनुभएको छ मैले बुझेको छैन। के को लागि लडेकोरु के पाउनुहुन्छरु केही पाउनुहुन्न।’
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल