Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हामी यसरी जित्छौँ कोरोनालाई

हरेक चुनौतीले अवसर बोकेर आएको हुन्छ । प्राणीजगत् र मुख्यरूपमा मानव जातिले त्यो चुनौती सामना गर्न बाध्य त अवस्य हुन्छ नै तर सामना गर्दागर्दैको चुनौतीको पीडा र प्रहारबाट जानी नजानी अवसरलाई सदुपयोग गर्नु सफलताको सूत्र र जननी हो । हिजोदेखि आज र भोलिसम्म भएका र हुने पनि यही नै हो ।
संसारका विकसित मुलुकहरू जो साधन र स्रोतका धनी र सम्पन्नछन्, तिनीहरूले आजको यस अनपेक्षित यातनाबाट सिकेर झन् ठुल्ठूला र नयाँ–नयाँ वैज्ञानिक खोज–अनुशन्धान गर्ने छन् । नयाँ–नयाँ औषधि भ्याक्सिनहरूको आविस्कार अवस्य गर्ने छन् । जसले हिजो, आज र सम्भावित भोलिका दिनमा आइलाग्ने यस्ता चुनौतीको सामना गर्न सहज र सफल बनाउने छ । एक्काइसौँ शताब्दीको मानव जातिमाथि कोरोना नामको अकल्पनीय बज्रपातका कारण हिक्का छाडेर प्राण भिक्षा माग्दामाग्दै हार खाएर आफ्ना भन्ने सबै र सधैँका लागि गुमाउँदै सुन्दर संसारबाट बिदा भइरहेको आँसु, आँसु र भय–त्रासले विक्षिप्त यो मानव जीवन र प्राण शङ्कटबाट यस घडीमा बचाउन सक्ने जुन व्यक्ति, त्यो देश र महादेशले पनि महान चुनौतीबाट मानवताको रक्षा गरेको जस र इज्जत त अवस्य पाउने छ नै । साथसाथै धन, इज्जत र शानसहित एक्काइसौँ शताब्दीको नयाँ विश्वमा आफ्नो वर्चस्व स्थापित गर्ने सुअवसर पनि पाउने छ ।
त्यसो भए यस्ता चुनौतीलाई हामी नेपालीले सहजरूपमा कसरी जित्छौँ ? अनि यसलाई अवसरको रूपमा लिएर जनसमुदाय, समाज र देशको रक्षा, उन्नति र विकासमा कसरी लगाउन सक्दछौँ त ?
त्यसैले अब हामी बुँदागत प्रश्नउत्तरमा जान्छौँ, बुझ्छौँ अनि हामी, हाम्रो देश र संसारलाई खुलस्त बुझाउँछौँ । साँञ्च्चैमा चुनौती हो कि अवसर ?
स्मरहण रहोस्, आफू, समाज, प्रकृति र अरू जोकोहीलाई जुन हिसाब र माध्यममा जस्तोसुकै शङ्कट वा विपत्ति आइलागे पनि त्यो अवस्य शङ्कट हो । सबैको साझा सङ्कट हो । यसमा कुनै दुईमत छैन । त्यसमा पनि यति ठूलो संसारलाई एउटा हत्केलामा राखेर नचाइरहेको र ब्रह्माण्डमा समेत खोज–अनुसन्धान गरिरहेको मानव जाति आज अणु अश्त्र–(शस्त्रले पनि सुसम्पन्न छ ।
आज एक्काइसौँ शताब्दीको यही सभ्य, भव्य र विकसित संसारभर निसङ्कोच आवतजावत गरी छरिएर रहेको मानव जातिमाथि एक्कासि हात पाउ मात्र होइन, मुख र स्वासै थुनेर प्राणहरण गर्न आएको पवनरूपी यो काल कुनै मजाक नभई विश्व मानवतामाथिको महासङ्कट नै हो । मानवताविरुद्धको भोलिको लागि पनि स्मरणीय चुनौती हो र मानव सभ्यतामाथिको कलङ्क नै हो ।
यस्तो यो बज्रपात अवसर कसरी हुन सक्छ त ?
संसारमा सबैभन्दा ठूलो गुण आत्माबल हो । अनि मानवता, भाइचारा र एकता हो । कोरोनाले आजको दिनमा पनि आत्मबल र सकारात्मक सोच भएका मान्छेलाई छोएको छैन । आक्रमण गरिहाले पनि हार खाएर लोप भएको छ । सकारात्मक सोच हुनेहरूको आत्माबल अधिक हुन्छ । तिनीहरू जो गरीब, धनी, सभ्य, असभ्य, उपेक्षित अपहेलित वा असहाय (चाहे मान्नुहोस् सडकछाप भनेर हेला गर्दछन् कोही) तिनै र त्यस्ताको शरीरमा रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढी हुन्छ । जसका लागि खानपान लगायतका जीवनचर्या अहम् हुन्छन् । आज कोरोनाले ती लोप हुँदै गएका दिनचर्यालाई जगाइदिएको छ । धन, सम्पत्ति, माया–मोह र प्राकृतिक सत्धर्म के रहेछ भन्ने बुझ्ने अन्तिम सुनौलो अवसर पनि हो यो कोरोना । यो आधुनिक जीवनशैलीको विकृतिविरुद्ध चेतनाको पुनरावृत्तिको अवसर हो ।
विकास, सभ्यता, प्रकृतिमोह र भाइचाराविरुद्ध मौलाएको भोगवाद र धन, सम्पत्तिको धक्कुबाट आफ्नै वंशको विरुद्ध खोरापाती गर्नेहरूका लागि अफ्नैबाट बर्सेको झटारो बनेर आएको छ कोरोना । हिजोको दिनचर्या र गरेका कर्म अनि भोलिको सन्ततिको लागि सम्झेर अब १०० डिग्रीको तातोमा एसी लगाएर सुतिरहेको सभ्य र धनी मानवले अब पुनः त्यस्तै र यस्तैमाथि राज गर्न १८०० डिग्रीभन्दा माथिको अन्टाकर्टिका महादेशको चिसो हिउँको ढिक्काले नुहाएरै आउनुपर्ने भएको छ । एउटा रजौटाको पादरीलाई नोकरले लँगौट्टी ओढाएर अपमान गरेर आजको मानव अहंकार र भोलिको सन्तति, प्रकृति र ब्रह्माण्डको बारेमा सोच्ने अवसर यही पवनरूपी घातीभाला (कोरोना)ले दिएको छ ।
अर्को हराउँदै गएको मानवता र छाडा पश्चिमा शैली, शाश्वत पूर्वीय संस्कृतिमाथिको नाङ्गो प्रहार र महत्वहीन बन्दै गएको भाइचारा र एकताको बल के रहेछ भन्ने सरल तरिकाले बुझ्ने अवसर पनि कोरोनाले दिएको छ ।
एक्लै दौडेर फस्ट हुने अहंकारी मानव जातिलाई शिक्षा र अवसर बनेर आएको छ यो हरितग्यास जस्तो भाइरस । आजको दिनमा एकताबिनाको एक्लोपनबाट पाठ सिकेर अगाडि बढ्न र अहंकार छोडेर सहिष्णु बन्न जबरजस्त चुनौती र सन्तान–दरसन्तानलाई शिक्षा र अवसरको रूपमा आएको छ यो अकल्पनीय मानवकाल । यसैबाट हामी जस्ता र हाम्रो जस्ता संसारका मानव जाति र देशले यसलाई अवसरको रूपमा लिन र व्यवहार गर्न सकेमा यो चुनौतीको सानो खाडल हो भने अवसरको ठूलो पहाड हो । जुन कठिनताले मात्र भरिएको छैन, चुम्बन गर्न जान्ने र सक्नेलाई सगरमाथा जस्तै उच्च र स्वर्ग जस्तै सबै चिजले सुसज्जित छ, नवचेतनाको अवसर आजभन्दा अघि कोरोनाबाहेक अरू कसैले लिएन र आइन्दा ल्याउने पनि छैन ।
व्यवसायिक सम्मानको अवसर
वास्तवमा सबै व्यवसाय उत्तिकै सम्मानका हकदार र भागेदार छन् र हुने छन् । सबैको समयअनुसार महत्व प्रस्फुटन हुन्छ । जस्तो सोलुमा भारी बोक्ने भरिया र भैंसी दुहुन जानेको किसानलाई उपचार गर्ने डाक्टरले पहाडमा भारी बोक्न र भैंसी दुहुन नजान्न सक्छ । आकाशमा जेट विमान चलाउने र ड्रोंनबाट बम खसाउने पाइलटले पेट दुखेको औषधि के चिन्लान् ? मानौँ सिङ्गो देश चलाउने राजनेता वा राजा–महाराजाहरू जसको भोजनमा सदा ८४ व्यञ्जन तयारै हुन्छ, तिनले हलो जोत्न, कोदो रोप्न त के पुदिना पिस्न जान्दैनन् । यसरी हरेकको व्यवसायिक महत्व त हुन्छ नै तर सबैको व्यवसायिक महत्व अरूले चिन्न र सम्मान गर्न त के स्वयंलाई समेत त्यसको जिम्मेवारी, सही पहिचान र महत्व पूरापुर थाहा हुँदैन ।
हुन त प्रकृति र प्राणिको जन्मसँगै डाक्टर वैद्य अर्थात् आजको समग्र चिकित्साजगत् बुझ्नेले बुझे पनि र नबुझ्नेले नबुझे पनि सर्वसम्मानका भागीदार थिए, आज पनि छन् र भोलि पनि हुने नै छन् । तर आजको दिनमा कोरोना कलङ्कको महामारीले सबैभन्दा बढी चुनौती, अवसर, पहिचान र सम्मान दिएको छ भने त्यो चिकित्साजगत् अर्थात् सबै देशका साना–ठूला सबै स्वास्थ्यकर्मीलाई दिएको छ ।
कोरोना सङ्कट जित्नलाई नेपालले आजैबाट गर्नुपर्ने काम
कुनै पनि देशको शासकले देश र देशवासीको सुरक्षा र समुन्नतिका लागि सङ्कटको घडीमा अघिपछि भन्दा र अरूले भन्दा नामुना काम गर्नै पर्छ । जिम्मेवार व्यक्ति, समुदाय, वर्ग र सङ्कटसँग सबैभन्दा बढी लडिरहेको समुदायको व्यक्तिगत, पारिवारिक र व्यवसायिक सम्मान, संरक्षण र प्रवद्र्धन गर्दै उसको र सन्ततिको सम्पूर्ण जिम्मा राज्यले लिएर उत्साह थप्नु राज्यको नैतिक जिम्मेवारी र कर्तव्य हो । तसर्थ नेपाल सरकारले कोरोना सङ्कटबाट देशवासीहरूको कमभन्दा कम क्षति र छिटोभन्दा छिटो कोरोना सङ्कटबाट नेपाल र नेपालीलाई मुक्त गराउनका लागि आज विश्वभरका जस्तै नेपालका सबै स्वास्थ्यकर्मी (सेतो बर्दीधारी सिपाहीहरू) जो मानवताविरुद्धको यस विश्वव्यापी लडाइँमा सामेल भएर हिजोको नेपालको विरासतलाई बचाइराखेका छन् र आफ्नो धन, सम्पत्ति, बालबच्चा, आफ्ना आफन्ती र सुन्दर संसार केही नभनी आफ्नो जिउज्यान, प्राण हत्केलामा राखेर मानवता र मानवताको प्राण रक्षाका लागि युद्ध मैदानमा खटिरहेका छन्, तिनीहरूलाई तत्काल नेपाल सरकारले यी सबै व्यवस्था गर्नुपर्छ, संसारले सिक्ने छ– नं. १ शान्ति सुरक्षा, नं. २ व्यवसायिक सुरक्षा, नं. ३ सर्वसुलव रोजगारीको ग्यारेन्टी, नं. ४ उचित तलब र घडी हेरेर भत्ताको व्यवस्था, नं. ५ डिउटी समयभन्दा बढी खटेको समयको भत्ता, (जुन अन्तर्राष्ट्रिय नियमभन्दा पनि बढी हुने गरी गुणात्मक बढी), नं. ६ अत्याधुनिक र सुरक्षित पारवहन सुविधा, नं. ७ सबैको जीवन बीमा, नं. ८ प्राण रक्षार्थ सेवामा खटिरहँदा काल–अकाल केही भइहालेमा अक्ष्ययकोषको व्यवस्था र निजको सन्तति, हकवाला वा घरको निजले इच्छाएको कम्तीमा एक जनालाई रोजगारीको व्यवस्था, नं. ९ उत्कृष्ट काम गर्ने र बढी सेवामा खट्ने सरकारी वा निजी कुनै पनि संस्थामा आबद्ध स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन र पुरस्कारको व्यवस्था । नेपाली, नेपाल र विश्वभरि सेतो बर्दीधारी सबैलाई प्राणरक्षक सैनिकको उपमा निर्धारण गर्नुपर्दछ ।
नेपालमा कसरी न्यून क्षतिसहित कोरोनामुक्त हुने सम्भावना छ त ?
सबैभन्दा पहिले असहाय वर्गलाई बढीभन्दा बढी न्यूनतम जीवनयापन गर्न र भोलिको कठिनभन्दा कठिन समयमा पनि जुध्न सक्ने गरी दिनचर्या र जीवनको सुनिश्चितता प्रदान गर्नुपर्दछ । जुन वर्ग जहिले र जस्तो ठाउँमा जस्तो काम र कर्मको लागि सदा तैयार हुन्छ र सबैखालको परिवर्तनको धोतक वाहक (बेस्मेन्ट) आधारशीला यही वर्ग हो, जसले अति पीडा खेप्न पनि सक्दछ । सत्ता र शक्तिको लागि न्यून लाभमा जीवन आहुति गरेर संसार परिवर्तन गराउने वर्ग यही हो । संसारभर चुनावका बेला सबैले यही वर्गलाई प्रयोग गरी सत्ता र शक्तिको भ¥याङ चढेर यिनीहरूकै आँसु, पसिना र रगत चुसेर मोटाउने गर्दछन् । यो वर्ग सहिष्णु भएन र जीवनयापनको कुनै विकल्प पाएन भने कोरोना भाइरस जस्तै हो । यो वर्गलाई सम्झाउन र सम्हाल्न जोकोहीले सक्दैन । यो बेलामा यही वर्ग अस्तव्यस्त भयो भने सत्ता, शक्ति, दर्शन, त्याग र इज्जत माटोमा मिल्छ । विपत्तिको नमुना र विरासतको शेषबाहेक अरू हात लाग्ने छैन ।
दशकौँदेखि देशको आर्थिक मेरुदण्ड बनेको र सबै खालको पीडाको चपेटाबाट निस्किन नसकेर विदेश भासिएका नेपालका सन्तति आज धोबीको गधा घरको न घाटको जस्तै भएका छन् । तिनीहरूको उचित व्यवस्था र विदेशमा वा सो देशमा रोजगारी वा वैकल्पिक जीवनयापनको व्यवस्था जरुरी छ । विदेशमा भएर देशको साबैखालको सङ्कटमा काँध थाप्ने देशका छोराछोरीहरू आज फाँसीको तखतामा उभिएर जल्लादलाई कुर्निकी ब्लड मनि लिएर कोही मुक्त गर्न आउला जस्तो गरी प्रतीक्षा गर्नुसिवाय कुनै उपाय छैन । सरकारले सम्बन्धित देशलाई भनेर सकभर जुन देशमा छन्, सोही देशमा न्यूनतम जीवनयापनको व्यवस्ता गर्नु नभए स्वदेशमा ल्याएर उचित व्यवस्थापन गर्नुको विकल्प छैन ।
कोरोनलाई सहज जित्नका लागि सरकारले घोषणा गरेको राहत आमजनताको घरघरमा पु¥यराउने उचित व्यवस्था गर्नुपर्छ । किसानका तरकारी, फलफूल, दुग्धजन्य उत्पादनलगायत उचित र सुरक्षित तवरले आमजनसमुदाय समक्ष पु¥याउने व्यवस्था गर्नुपर्छ । त्यसका लागि नेपाली सेना, सशस्त्र आदिलाई खटाउनु उचित हुन्छ ।
अन्तिममा लकडाउनलाई कडाभन्दा कडा बनाउनुको विकल्प छैन तर सरकारले सुरक्षाकर्मी, पत्रकार, मिडियाकर्मी, समाजसेवी सबैको सुरक्षामा उचित ध्यान पु¥याउनुपर्छ । नेट, बिजुली, पानी, घरभाडा आदिबाट तनाव झेलिरहेका आमनागरिकहरूको समस्याबाट बचाउन सरकारले घोषणा गरेको राहत कडाइँका साथ लागू र अनुगमन गर्नुपर्छ । आमनागरिकलाई बेलाबेलामा सुसूचित गर्नुपर्छ । यी सबै विकल्प लागू गर्न सकेमा हामी कोरोनालाई सहजरूपमा जित्न सक्दछौँ । यसलाई हामीले सम्यमितता, आत्मीयता, एकता, आँट, धैर्यता सबै प्रदर्शन गर्ने अवसरको रूपमा लिएर कोरोनाविरुद्धको विश्वव्यापी लडाइँमा होस्टेमा हैंसे गर्दै विजयको शिखर चुम्ने नेपाल र नेपाली विश्वका लागि नमुना बन्ने यो सुनौलो अवसर हो । यसमा हामी सफल हुन्छौँ ।