Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आफ्नो बाहेक कसैको सुझाव सल्लाह अस्वीकार्ने प्रधानमन्त्री केपि ओलीसँग बामदेव हारेका छन् । नवौ महाधिवेशनमा ओलीलाई बोकेर माधवमाथि प्रहार गरेका बामदेवले ओलीलाई जित्ने ठाँउ नभएर श्रीमतिलाई ओली गुटमा पठाएको सबैलाई थाहा छ । पार्टी एकता गर्न पूरानो एमाले कै ठाँउमा ओली पुग्नु पर्छ भन्दै गर्दा आफै अल्पमतमा पर्ने स्थानमा ओली जाने कुरै भएन । प्रभू बनेर दाश कजाउने नेता ओली हुन् । उनले बामदेव, माधव झलनाथलाई दाश बनाउन निर्वाचित त्यो समितिको वैधता खोसेका छन् । प्रमओलीका भित्रियाहरुले गुटभन्दा बाहिरका नेता चिन्दैनन् । भएका नियुक्ती गरेका काममा एमाले कतै जाडिएको छैन । पार्टीलाई पार्टी बनाउन जसको रुचि छैन उसले बामदेवलाई कसरी टेर्छ ? त्यही कारण बामदेव वेपत्ता छन् । यीनलाई राष्ट्रिय सभाको सांसदका लागि मरी मेट्नु पर्ने थिएन । नत नारायण काजी श्रेष्ठले ५ वर्ष पार्टी प्रवक्ता बनेर बिताउन सके । यी दूवैलाई किन सांसद हुनु परेको हो ? यीनको पदीय लोभ प्रति आक्रोश बढ्नु स्वभाविक छ । भन्छन् कम्युनिष्ट तर यीनको आचरण स्वभाव कम्युनिष्ट छैन । ओलीले नेपाली कला संस्कृतिको संरक्षण गर्न चितवनको माडी आयोध्यापूरीमा रामसिता लक्षमण र हनुमानको मूर्ति स्थापना गर्न लगाए । जनता कोरोना कहरमा बाँधिएको छ । अस्पतालमा बिरामीले ग्याँस पाएको छैन । प्रमओलीले रोगीको उपचारका सामाग्री भन्दा पशुपतिमा सुनको जलपे धराहरामा सुनको जलप लगाएको गजुरको लागि राज्यकोष खर्च गर्न अप्ठेरो मानेन । अहंकारवादले ग्रस्त प्रमसँग बामदेवको गठबन्धन मिलेन । उनी एक्लो हुदै अहिले बेपत्ता भएका छन् । उनको एकता अभियान समिति समेत वेपत्ता भएको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल