Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हाहाकार मच्चिएपछि सिलिन्डरको खोजी

काठमाण्डौ । अस्पतालमा बिरामीहरु भरिन थालेपछि ग्यासको सिलिन्डर अभाव हुँदा मच्चिएको हाहाकार कम गर्न सरकारले सिलिन्डर खरिदमा भन्सार मिनाह गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले अक्सिजन सिलिण्डरमा रहेको भन्सार शुल्क मिनाहा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ। यो काम पहिलै भएको भए अहिले अक्सिजनको हाहाकारले अस्पताल व्यवस्थापकहरु छटपटाउनु पर्ने थिएन । कोरोना महामारीको दोस्रो चरण चलिरहँदा अक्सिजन सिलिण्डरको चरम अभाव भएपछि सरकारले भन्सार शुल्क मिनाहा गर्न लागेको हो। अर्थ मन्त्रालयका एक उच्च अधिकारीले आजकै मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी प्रस्ताव लैजान लागिएको बताएका छन्। हामीले भन्सार छुटसम्बन्धी प्रस्ताव तयार पारिरहेका छौं ती अधिकारीका अनुसार आजैको मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी छ। सिलिण्डर आयातमा १५ प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत अन्तशुल्क छ। जुन चर्को रहेको व्यवसायीको दाबी छ। मूल्य अभिवृद्धि कर र अन्तशुल्क पनि मिनाहा गर्नेबारे पनि छलफल भइरहेको ती अधिकारीले बताएका हुन्। सिहंदरबार छाया पर्ने राजधानीको मात्र होइन कर्णालीको समस्या पनि यस्तै हो । जहाँ सरकारको नजर पर्छ त्यहाँको हालत यस्तो छ भने कर्णाली अस्पतालको अवस्था कस्तो होला । त्यहाँका प्रमुखले नेपाल टेलिभिजनमा गरेको गुनासो स्वास्थ्य मन्त्रीले सुने कि सुनेनन् ? स्वास्थ्य मन्त्रालयले सिलिण्डर आयातमा लगाइएको भन्सार शुल्कमा सहजीकरण गरिदिन भन्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। सो प्रस्तावका आधारमा अर्थले छलफल गरी मन्त्रिपरिषद् बैठकमा लैजान लागेको बताइएको छ । अहिले सिलिण्डरको हाहाकार छ। साधारणतया सिलिण्डर भारतबाट आयात हुन्थ्यो। तर अहिले भारतमै अक्सिजन सिलिण्डरको अभाव छ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल