Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिजो एकै दिन राजधानीमा २७ मरेको सूचना किन गायब ? अबको लडाइँ माधव र केपीको, प्रचण्ड रमिते मात्र

काठमाडौं । कोरोना संक्रमणले राजधानी ग्रस्त हुँदै गएको छ । देशभरिको झण्डै ५० प्रतिशत संक्रमण राजधानीमै केन्द्रीत भएका बेला मृतकको सूचि पनि बढ्दै गएको छ । सरकारले कोरोना महामारीको ग्राफ दैनिक लुकाएको छ । भ्रष्टाचारी पाल्ने र गुटका मुखियाको सेवा पु¥याउने प्रधानमन्त्रीले अब पार्टीमा डढेलो लगाउँदैछन् । उनी सत्ता सञ्चालनमा असफल भएपछि कोरोना संक्रमितको संख्या लुकाउँदैछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको असोज २६ गतेको रिपोर्ट र सेनाको टिम परिचालनबीच मेल खाँदैन ।

विगतमा दैनिक लास विसर्जन गर्न २ टोली खट्दथ्यो । तर हिजो ५ टोली खटेका थिए । दिउँसो ११ बजेसम्म १० जना उपत्यकामा मरेको बताइन्थ्यो तर सेनाको टोली पाँच खटाइयो । शंका यही हो । सरकारका प्रमुख नै राजनीतिक झमेला खडा गरी कोरोनाको वास्तविकता दबाउँदैछन् । जबकि उपत्यकाभित्रका अस्पतालले कोरोनाबाट मृत्युको सूचना पठाउँछन् तर सरकार वास्तविकता ढाँटेर डा. जागेश्वर गौतम कुर्लेको जनताले रुचाएका छैनन् । यही बेला नेकपाभित्र अन्तरद्वन्द चलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ओझेलमा पार्ने प्रयास गरेको छन् ।

यो प्रयास भनेको अब पार्टी एकताको अर्थ छैन भन्ने नै हो । तर वरिष्ठ नेता माधवकुमार नेपालले अहिले हतारिन हुँदैन यो कुरा सचिवालयमा छलफल भएको छैन भन्नुभयो । तर अबको अवस्थामा लडाइँ हुने भो भने माधव र ओलीबीचको हो प्रचण्ड त केबल खेतला हुन् ।


सम्बन्धित समाचार