Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिन्दु धर्म र राजसंस्थालाई काँध हाल्दै अर्को दलको घोषणा

काठमाडौं । ठूला र शक्तिशाली भनिएका दलहरुबाटै केही लछारपाटो नलागिरहेको बेला जनमोर्चा, नेपाली काँग्रेससँग हुँदै नयाँ दलको नेतृत्व गर्न पत्रकार देवप्रकाश त्रिपाठी आइपुगेका छन् । हिन्दु धर्म सापेक्ष र राजसंस्थासहितको मुद्दा लिएर नयाँ दल घोषणा गरेका हुन् । सोमबार कृष्णाष्टमी पारेर उनले एकीकृत शक्ति, नेपाल दलको घोषणा गरेका हुन् । दलले धर्म, संस्कृति र परम्पराको संरक्षणलाई मुद्दा बनाउने बताए । काँग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार समेत बनेका त्रिपाठी विगतमा कम्युनिस्ट पार्टीमा आवद्ध थिए । उनी काँग्रेस पार्टीमा हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका थिए । काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा परित्याग गरी नयाँ दलको घोषणा गरेका छन् । त्रिपाठीले अहिलेको सत्ता हिंसाको पक्षपाती भएको आरोप लगाए । उनले जातीय विभाजन र झगडा गराउन खोजिएको भन्दै सत्तापक्षको आलोचना गरे ।