Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
– योगी नरहरिनाथ
राष्ट्रकाे अनुहार भाषाले देखाउँछ
(योगी नरहरिनाथ नेपालको एक विशिष्ट विद्वान्् लेखक, कवि, इतिहासकार, हिन्दू धर्म र संस्कृतिका सच्चा प्रचारक, वैदिक आर्ष शिक्षा पद्धतिका समर्थक, कट्टर राष्ट्रभक्त र विलक्षण प्रतिभाशाली व्यक्ति हुनुहुञ्छ । उहाँले स्वदेश र विदेशका धेरै ठाउँ घुमी शोधखोज गर्नुभएको छ, उहाँले नेपाली र संस्कृतमा धेरै ग्रन्थहरू तयार पार्नुभएको छ । नेपाल र भारतमा थुप्रै कोटीहोमादि यज्ञ–महायज्ञहरू सम्पन्न गराई त्यसबाट प्राप्त धनराशिबाट विभिन्न पाठशाला, मठ मन्दिरको निर्माण र सञ्चालनमा पनि उहाँको ठूलो योगदान रहेको छ । आफ्नो सम्पूर्ण जीवन अध्ययन, लेखन, अनुसन्धान प्रकाशन, पदयात्रा, भ्रमण, वैदिक धर्मको उत्थान र नेपाली राष्ट्रिय जागरणका लागि बिताउने योगीजस्ता मान्छे वर्तमान नेपालमा दुर्लभ छन्् । हाम्रो देशले समयमै विचार पु¥याउन सकेमा उहाँबाट धेरै कुराहरू प्राप्त गर्न सकिन्छ ।
योगीसँगको भेटवार्ता अत्यन्त महŒवपूर्ण हुने कुरालाई दृष्टिगत गरी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. टीकाराम पन्थी, उपप्राध्यापक दुर्गाप्रसाद अर्याल र हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीसमेतको एक टोली मिति २०५४÷१०÷१२ का दिन एउटा टेपरेकर्डर बोकेर योगीजीको आश्रम मृगस्थलीमा पुगेको थियो । योगीजीले भोजनलाई भन्दा वार्तालाई धेरै महŒव दिनु भएकाले संवाद धेरै रातिसम्म चलिरह्यो । टोलीले साथमा लगेको क्यासेटमा पनि योगीजीका कुराहरू अटाएनन् । छुट कुराहरूमध्ये केही अर्को दिन बिहान पनि टिपियो । योगीजीसँगको टेपरेकर्डमा भएको वार्तालापलाई लिपिबद्ध गर्ने काममा उपप्राध्यपक डा. लक्ष्मीकान्त पन्थीले पनि सहयोग पु¥याउनु भयो । योगीजीको मुख्य भाव र भनाइ नबिग्रने गरी सामान्य सम्पादन गरेको भेटवार्ता ञहाँ प्रस्तुत गरिएको छ।
प्रश्नः ‘हाम्रो पुरुषार्थ’ गुल्मीबाट प्रकाशित हुने पत्रिका भएकाले ‘गुल्मीको इतिहास’ सम्बन्धमा योगीजीबाट केही जानकारी पाऊँ ?
उत्तरः गुल्मीको इतिहास–गुल्म, गण यी सैनिक गुल्मका नाम हुन् । वैदिक कालमा देवी देवताहरूका गण थिए । “महाराजिकनामानो द्वे शते विंशतिस्तथा” महाराजिक गणका दुई शय बीसवटा राज्य थिए । कसैका दश, कसैका बीस, कसैका पच्चीस । त्यस्तै गरेर हिमालमा तेत्तीसकोटी देवीदेवताहरूका गण थिए । स्वर्ग भनेको हिमाल हो । स्वर्गीय देवताहरूका गण थिए ।
आदित्यविश्वावसवस्तुषिताभास्वरानिलाः ।
महाराजिकसाध्याश्च रुद्राश्च गणदेवताः ।।
यिनै गण देवताहरूका एउटा राज्यको नाम गुल्मी हो । ‘गुल्म’ भनेको सैनिकहरूको मोर्चा आजकाल ‘ब्यारेक’ भञ्छन्् । देवताहरूका गण भएका ठाउँको नाम हो गुल्मी । त्यो गुल्मीमा सबभन्दा उत्तुङ्ग शृङ्ग, ऋष्यशृङ्ग ऋषिको आश्रम, ऋष्यशृङ्ग, शृङ्गी ऋषि यिनीहरूको तपोवन सत्य युगमा जसको माथिबाट उता चीन देखिने र यता भारत देखिने पूर्व–पश्चिम सारा हिमाल देखिने यो ऋष्यशृङ्ग ऋषिको आश्रमलाई रेसुङ्गा भन्ने चलन चल्यो । ऋष्य शृङ्गको भाषा विकासमा रेसुङ्गा बन्न गएको छ । अनि शृङ्गी ऋषिको आश्रमलाई ‘शृङ्गा’ भन्ने चलन छ । ‘भृगुकूट भृगु जन्म तपो निवसतो भृगुकुटं भिरकोट इत्यभूत्’ भृगु ऋषिको जन्म कर्म तपोभूमिको नाम ‘भृगुकूट’ बाट भिरकोट भएको हो । ‘कूट’ भनेको “कैलासकूटभवनाद्–भुवनप्रकाशाद् ज्योत्स्नाभमृप्ठहिमवच्छिखर–पुदीप्ते आसागर प्रसृतशुभ्रयशो ध्वजानां राज्ञां कुलाम्बरशशी भुवि लिच्छवीनाम् ।” भनेर कैलासको टाकुरोलाई ‘कैलासकूट’ भञ्छन्् । कैलासकुटजस्तो शिखरहरू भएको जस्तो गुल्मीको रेसुङ्गा भन्ने ‘कूट’ छ त्यो माथि एउटै पहरामा पोखरी छ कहिल्यै पानी नसुक्ने । त्यो ऋष्यशृङ्ग ऋषिको आश्रम हो र त्ञहाँ सिद्धगुफा छ । हजारौँ गाई पाल्ने वन छ । त्यो देवताहरूको पालादेखि सत्य युगदेखिको आश्रम हो । त्यो आश्रमले वैदिक कालदेखिको वैदिक धर्मको कृण्वन्तो विश्वमार्यम् ‘एकदा नारदी योगी लोकानां हितकाम्यया’ ‘एक दिन नारद सत्यलोक् पुगिगया लोक्को गरूँ हित् भनी’ संसारको हित गर्ने लोकको कल्याण गर्ने पवित्र भावना लिएका “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ।” भन्ने पवित्र वैदिक भावना लिएर विश्वभरि धर्मको प्रचार गर्न, धर्मको संरक्षण गर्न र शिक्षादीक्षा दिन जाने ऋषिहरूको जहाँबाट प्रवर्तन हुन्थ्यो । सूर्यका मण्डलबाट निस्कने किरणजस्ता ऋषिमुनिहरू गएर विश्वमा मानवताको प्रचार गर्थे । धर्मको प्रचार गर्थे, विश्व शान्ति, विश्व कल्याण गर्थे कुमारका तेत्तीस कोटी देवताहरूमध्ये एउटा गण गुल्मले आएर ञहाँ आश्रमको रक्षा गर्ने काम जसलाई अचेल ‘ठाना’ भञ्छन्् । त्यस्तो ठाना बनेर गण गुल्मले आएर रक्षा गर्ने, शान्ति राख्ने गरेको थियो । ‘शस्त्रेण रक्षिते राष्ट्र शास्त्रचिन्ता प्रवर्तते’ शस्त्रद्वारा सुरक्षित राष्ट्रमा शास्त्रको चिन्ता हुञ्छ । शास्त्रीय यज्ञादि कर्म हुञ्छन्् । पठनपाठन हुञ्छन्् विश्व शान्तिको काम हुञ्छन्् । जहाँ सुरक्षा छैन त्ञहाँ कुनै प्रकारको शान्ति हुन्न । वल वल वल–आयो आयो आयो भनेर रात र दिन जहाँ त्राहि माम् छ, जिउ, धनको सुरक्षा छैन त्यो ठाउँमा न पूजा हुञ्छ न पाठ हुञ्छ । न जप तप हुञ्छ, न कार्य हुञ्छ । कुनै पनि शुभ कर्म हुन्न । त्यस्ता ठाउँमा न यज्ञ हुञ्छ न ‘यज्ञाद् भवति पर्जन्यः’ त्यो पनि हुँदैन । त्यस कारणले शान्ति राख्नका लागि शान्तिमय सम्पूर्ण काम चलाउनका लागि राखिएको देवताहरूका गुल्मको नाम हो– गुल्मी । गुल्म अस्यास्तीति गुल्मी । जहाँ देवताहरूको प्रमुख गुल्म छ सर्वोतुङ्ग ऋष्यशृङ्ग ऋषिका आश्रममा त्यसको नाम हो–गुल्मी । गुल्मका पछि अलग–अलग नानाप्रकारका शाखा प्रशाखाहरू भए, मुख्य गुल्मको नाम गुल्मी हो । त्यस ठाउँमा सत्ययुगका ऋषि ऋष्यशृङ्ग त्ञहाँका कुलपति हुन् । कुलगुरुले चलाएको शासन, अनुशासन शिक्षा, अथातो धर्मजिज्ञासा, अथातो कर्मजिज्ञासा, अथातो ब्रह्मजिज्ञासा, अथ शब्दानुशासनम् अथ योगानुशासनम् भनेर जहाँदेखि अनुशासन र शासन चल्यो । ‘गुरुरात्मवतां शास्ता राजा शास्ता दुरात्मनाम् प्रच्छन्नकृतपापानां शास्ता वैवस्वतो यमः ।।’ भन्ने तीनवटा शासक हुन्थे । सबभन्दा पहिलो शासक कुलगुरु मानिन्थ्यो । शासकले आफ्नो आश्रमको, आफ्नो राष्ट्रको, सबैको शासन गर्थे र राजालाई केही कठिनाइ प¥यो, गाह्रो प¥यो भने कुलगुरुकहाँ जाने यस्तो प¥यो के गरौ ? यसमा यस्तो गर, भुलमा यस्तो पातक हुन गयो के गरौ ? यसमा यस्तो प्रायश्चित्त गर । यसमा यस्तो सङ्कट प¥यो के गर्ने हो ? यसमा यसो गर, भनेर सबैलाई एक–एक वाक्यमा शिक्षा दिने, दीक्षा दिने शासन, अनुशासन गर्ने कुलपतिको नाम हुन्थ्यो– गुरु । त्यो पहिलो शासक हुन्थ्यो । आत्मवान् आत्मज्ञानी शिक्षित वैदिक विद्वान्लाई गुरु भनिन्थ्यो । गुरुले तिनको सम्पूर्ण जीवनको काम चलाउँदै । अहिलेका शयभन्दा बढी अड्डा भएर पनि चलाउन नसकेको काम एउटै कुलगुरुका एक वाक्यले चल्थ्यो । त्यसको नाम थियो । गुरुरात्मवताम् शास्ता ।
दोस्रो नम्बरमा राजा शास्ता दुरात्मनाम्, दुष्टस्य दण्डः सुजनस्य पूजा न्यायेन कोषस्य च संप्रवृद्धिः। अपक्षपाताऽžर्थिषुराष्ट्ररक्षा पञ्चैव यज्ञार्थहिता नृपाणाम् भनेर राजाहरूले पञ्चमहायज्ञ गर्थे । ती पञ्चयज्ञ त्यसपछि कुलगुरुभन्दा मुन्तिर रहेर राजाहरूले शासन गर्थे । अनि राजाहरूका आँखामा पनि छारो हालेर संधिकरो जुता मारेङ्गे, अपना काम निकाल लेङ्गे भन्ने कुनै हुन्थे । त्यस्ता प्रकारका प्रच्छन्न कृत पाप– लुकी छिपकिन पाप गर्ने, घुस खाएर घुस दिएर काम गर्ने, अन्याय गर्ने त्यस्ता प्रकारका पापीहरूको अनुशासन गर्ने काम शास्ता वैवस्वतो यमः विवस्वान् सूर्यका पुत्र यमराजले त्यस्ताको दण्ड गर्थे । चित्रगुप्तले उनका टेप र चित्र दुवै लिइराखेको हुन्थ्यो । जन्मभरका जन्मेदेखि मरुञ्जेलसम्मका सम्पूर्ण उसका कारनामा जति छन्् । कृत जति छन्् तिनीहरूको चित्र र टेप लिई राखेको हुन्थ्यो । मरेपछि उसलाई लिएर यमराजको द्वारमा खडा गर्ने अनि यो तेरो चित्र हो ? हो, यो तेरो डाको हो ? हो, यो पाप तैंले गरेको हो ? हो, अब यो पुण्य पनि तैले गरेको छस्, पाप पनि तैले गरेको छस् पहिले पुण्य भोग्न चाहन्छस् कि पाप ? भन्दा जो धेरै छ त्यो पछि जो थोरै छ त्यो पहिले भोगाउनुहोस् भञ्छ । अनि पुण्य कम छ भने पहिले पुण्य भोग्ने, पाप कम छ भने पहिले पाप आफैँ वादी प्रतिवादी आफैँ, साक्षी, शर्त, वादी–प्रतिवादी केही पनि चाहिएन, सर्जमिन चाहिएन । ऊ आफैँ वादी–प्रतिवादी हुञ्छ । मैले यो गरेको हो, मैले यो बोलेको हो, मेरो यो चित्र हो, म यो फल भोग्न तयार छु भन्थ्यो । अनि सूची कटाह न्यायले सानो फल पहिलो हुन्थ्यो । त्यहीअनुसार दूधको दूध, पानीको पानी न्याय हुन्थ्यो । वैदिक कालमा हिन्दुहरूका यस हिमालमा देवदेशो हिमालयः देवदेश भनेको हिमाल हो । हिन्दु राष्ट्र भनेको हिमधु हो, हिमधु भनेको हिन्दु हो । हिन्दु भनेको हिमधुः हिउँको भारी हो । हिउँको भारी बाह्रै मास जसले बोकेको छ । कहिले पनि त्यो हिउँ गल्दैन । त्यस्ता सर्वोत्तुङ्ग पर्वतलाई हिमस्य धुः भारः यस्य शिरसि कुम्भे वक्षस्थले पृष्ठे त्यसको नाम हिमधुः हिमाल हो । त्यो हिमधुः को धर्मलाई हिन्दु धर्म भनिञ्छ । भाषाविकास धेरै लामो छ । त्यो हिमधुबाट हिन्दु बनेको छ । विश्वमा यो सर्वश्रेष्ठ छ ।
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ
तोयानिधीवगाह्य स्थितः पृथिव्या इव मानदण्डः
सर्वशैलाः परिकल्प्य वत्सं मेरौ स्थिते दोग्धरि दोहदक्षे ।
भास्वन्ति रत्नानि महौषधीश्च पृथूपदिष्टां दुदुहुर्धत्रीम् ।।
पृथुका शासनकालमा सम्पूर्ण धरित्रीमा पर्वतहरूले मिलेर आफ्ना आवश्यक वस्तुहरूको दोहन गरेर दूध पाए । दोग्धा गोपालनन्दनः भनेजस्तो गरे । त्यो हिमालयको नाम हो – हिमधुः । आजकालका सलाम गर्ने गुलामहरूले हिन्दुको परिभाषा बनाएका छन्् । धर्महीन कर्महीन, नीतिहीन भनेर मुसलमान, इसाईहरूले आफ्ना राज्यकालमा हिन्दुको नाम राखेको छन्् । हाम्रा वैदिक राष्ट्रमा सृष्टिको आदिकालदेखि सर्वतन्त्र स्वतन्त्र सार्भभौमसत्ता सम्पन्न कैलासः प्रथमः शिवस्य वसति शिवको पहिलो बस्ती कैलास
माता च पार्वती देवी पिता देवो महेश्वर बान्धवा
मानवाः सर्वे स्वदेशो भुवनत्रयम् ।
भन्ने जो विश्वभरमा मानव जातिको मूल उद्गम भयो, जहाँ वेदको उत्पत्ति भयो, जहाँ स्वरव्ययं स्वर्गनाकत्रिदिवत्रिदशालयाः । सुरलोको….. स्वर्गबाट सर्ग, सर्गबाट सगरमाथा बनेको छ । जो स्वर्गका ९ नाममध्ये आदि र अन्तका नाम जसका स्थान कैलासस्थानमलका पूर्वमानं तु पुष्पकम् भनेर जहाँ मानव जातिको सृष्टि हुञ्छ । जहाँ देवताहरूको सृष्टि हुञ्छ । जहाँ पञ्चधेनुहरूको सृष्टि कैलास मानसरोवर छ । ञहाँबाट समस्त मानवहरू जन्मेर विश्वभर फैलिएका हुन् र चारैतिर यही हिमाली देशबाट गएका हुन् । यो मानव जातिको आदि जन्मभूमि, कर्मभूमि, पुण्यभूमि हाम्रो । ह्यूँ चुलीले झलमल हेर कति राम्रो ।। भनेर यो विश्वका ज्ञानी विज्ञानी पुरातŒवज्ञहरूले जसको दिग्दर्शन गरेका छन्् । जसको आर्दश यो विश्वमा फैलिएको छ त्यो आद्य मानव जातिको उत्पत्तिको स्थानको नाम हो – हिमधु = हिन्दु हिमाल । हिमालको मानव पनि हिन्दु, जीवजन्तु पनि हिन्दु, संस्कृति, धर्म, वेद, तेत्तीस कोटी देवता, अठासी हजार ऋषिमुनि, चौध मनुहरू, मनुका सन्तान मानवहरू सबै हिन्दु हुन् । हाम्रो हिन्दुको परिभाषाअनुसार धर्मको मर्म राम्रोसँग जान्नलाई आफूले राम्रोसँग अध्ययन गरेर अरूलाई पनि राम्ररी शिक्षा दीक्षा दिनुपर्दछ ।
गुल्मी ऋष्यशृङ्ग ऋषिको जन्मकर्म तपोभूमि हो । उनका छोरा शृङ्गी ऋषि हुन् । शृङ्गी ऋषिको आश्रम शृङ्गा हो । रिसिङ घिरिङ्मा दोस्रो आश्रम बनाएका हुन् । अयोध्यामा अपुताली पर्दा शृङ्गी ऋषिलाई ल्याएर वसिष्ठले पुत्रेष्टि यज्ञ गराएका हुन् । एक पुत्र नभएका ठाउँमा चार पुत्र गराएका छन्् । दियोको उज्यालो नभएको अयोध्यामा एकैचोटी चार बत्ती बालेका छन्् । त्यो गर्ने शृङ्गी ऋषि, जहाँबाट आएर पहिले वृष्टि गरे, त्यसपछि पुत्रेष्टि यज्ञ गरे । पुत्रेष्टि गरेपछि अपुताली परेका घरमा चार पुत्र एकै पालि जन्मे – राम, लक्ष्मण, भरत, शत्रुघ्न ।
यस्तो प्रकारको जसको महत्वपूर्ण इतिहास छ, त्यो जिल्लाको नाम हो – गुल्मी । त्यो गुल्मीका ऋषिपुत्रहरू, ऋष्यशृङ्गका, शृङ्गी ऋषिका र त्ञहाँका देवी देवताका सन्तान आज मानिसका रूपमा छन्् । ऋषिहरूका गोत्रहरू छन्् । गोत्र जसको साथमा गाँसिएका छन् । ती ऋषिहरूका सन्तानहरूका गोत्रहरू छन्् । गोत्र हिमालश्च महर्षयश्च गोत्रका दुई अर्थ हुञ्छन् । एउटा हिमाल, गा=पृथिवी त्रायते इति गोत्रः । अर्को–ऋषि, गां=वाणी मातृभाषा वैदिक भाषा त्रायते=रक्षति, परम्परागतेन ‘बूढा मरे, भाका सरे’= भनेजस्ता आफ्नो भाषा र भाषामा रहेको तŒव, भाषाले सम्पादलाई जसले रक्षा गर्छन् ती ऋषि मुनिहरूका नाम हुन्– गोत्र । अत्रि ऋषिका सन्तानले आफ्नो गोत्र आत्रेय, माण्डव्य ऋषिका सन्तानले माण्डव्य, भारद्वाज ऋषिका सन्तानले भारद्वाज गोत्र हो भञ्छन् । आफ्ना–आफ्ना मूल ऋषिलाई मूल पुरुष (पुर्खा) मानेर अहिले पनि आफ्ना–आफ्ना मूल ऋषिको गोत्र लिएर आर्दश पुर्खाको आचरण, चालचलन तिनको बाटो नबिर्सियोस् भन्नका लागि बूढा मरे, कुरा सरे, भनेर माता पिताले मर्ने बेलामा दाँतले पाखुरामा टोकेर अर्ती दिने गरेको परम्परा आजसम्म पनि छँदैछ । त्यो परम्पराको आद्य आर्दश ऋषिकुलको मूल थलोको नाम हो – गुल्मी । त्ञहाँ आज पनि विद्वान्हरू उस्तै छन्् । त्ञहाँ धुरकोटमा कालिकाका मन्दिरमा शिलालेख छ ।
पूर्वस्यां बराहक्षेत्रम् परिश्चमायां रुरुक्षेत्रम्, उत्तरस्यां मुक्तिक्षेत्रम् दक्षिणस्यां हरिहरक्षेत्रम् भनेर राज्यसीमा कृता तेन क्षेत्रमेतच्चतुष्टयम् यी चार क्षेत्रको जसले राज्यसीमा बनाए, तिनको नाम हो– मुकुन्द सेन । मुकुन्द सेनको ताम्रपत्र, शिलापत्र कालिकाका ढोकामा राखिएको छ । त्यसको फोटो पनि हामीहरूले ल्याएका छौं । यी ऐतिहासिक महŒवपूर्ण शिलापत्र, ताम्रपत्र, ताडपत्र कीर्तिस्तभ आदि अहिलेसम्म पाइञ्छन्् । गुल्मीको ऋष्यशृङ्ग ऋषिको आश्रममा अठार कोसको जंगल छ । हजारौँ हजार गाई पाल्नका लागि सुरक्षित गरी आगो लगाउन, खेतीपाती गर्न नपाइने स्थिति रीति अघिदेखि थियो । अहिले पनि छ । त्यो आदर्श जिल्लाको नाम हो गुल्मी जन्मस्थलं ततः पतिरपि नृपतिर्मल्लजेतुश्च नप्ता । भनेर गुल्मी जन्मस्थल भएकी मल्ल जेता पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहकी रानी राज–राजेश्वरी हुन् । जहाँकी कन्याले राखेकी छन्् । त्यस्तै गरी सम्पूर्ण विद्वान्ले, शशिधर, यदुकानन्द जस्ता विभूतिले अखण्ड यज्ञ चलाए, त्यो परम्परा अहिले पनि सुरक्षित छ ।
जहाँ सयौँ गाईहरू छन्, जहाँ कोटी होमादि यज्ञहरू भए त्यो आदर्श ठाउँको नाम हो– गुल्मी । गुल्मीको मुखपत्र हो – हाम्रो पुरुषार्थ । त्यो पुरुषार्थको सार्थक नाम र उद्देश्य पालन गर्न ञहाँका विद्वान्, विदुषी, धार्मिक जनताले पुरुषर्थद्वारा चारैतिर विश्वका मानव मात्रको उन्नति र कल्याण गर्नुपर्छ । शिक्षा–दीक्षा दिनुपर्छ । पुरुषार्थको रक्षा हुनुपर्छ भनेर अहिले पनि त्यो पत्रिकामार्फत् सबैलाई आदेश, उपदेश र दिग्दर्शन गरेको छ ।
प्रश्नः रेसुङ्गा स्वामी शशिधर कस्ता तपस्वी थिए ?
उत्तरः ऋष्यशृङ्गाश्रममा परम्परागत शिष्य शशिधर उपाध्याय मरासिनी के थिए ? को थिए ? र कस्ता थिए भन्ने उनको इतिहास छापिएको छ । वहाँका पुस्तकालयमा भरिभराउ छन्् । पशुपतिनाथको भजनकोठरीमा पनि तिनको पुस्तकहरू राखिएका छन्् । अनि शशिधर कस्ता विद्वान्् थिए, कस्ता नीतिज्ञ थिए भन्ने विषयमा उनको नाउँमा पृथ्वीनारायण शाहबाट प्राप्त लालमोहर, ताम्रपत्र, विर्तापत्र छन्् । उनलाई उत्तरपट्टि ल्हासा, दक्षिणपट्टि कलकत्ता, पटना, काशी र दिल्लीका राजदूतको काममा लगाइएको थियो । राजस्थान, ग्वालियर आदि ठाउँमा पनि उनले काम गरेका थिए । अहिले जस्तो आधुनिक भाषाका खोज्छन्् त्यो बेला संस्कृत भाषाका विद्वान्् खोजिन्थे । सर्व वेदविदर्हति वेदवेत्ता विद्वान्ले मात्र सम्पूर्ण काम गर्न सक्छ । अरूले सक्दैन भन्ने धारणा थियो । यसरी वेदवेत्ता, शशिधर मरासिनीलाई त्ञहाँ सबै प्रकारको काम गर्न सक्ने योग्य ठानेर तिनलाई पृथ्वीनारायण शाहले राजदूत बनाएका थिए । ती राजदूतले पृथ्वीनारायणको जीवनभर काम गरे । अन्तमा जुन दिन पृथ्वीनारायण शाहको देहावसान भयो संवत् १८३१ माघे संक्रान्तिका दिनमा मास्ताम् शाकःकदाचित् रसनिधिवसुयुक् माघ मासोžपि मास्ताम् । मास्ताम् सूर्योदयोžपि भनेर यस्मिन् राजेन्द्रवर्यो सकलजनमनः शान्तिकृत् ख्यातकीर्ति …….. त्यक्तवान् कर्मभूमिम् भनेर जुन दिनमा पृथ्वीले आफ्नो चोला छोडे त्यै दिनमा शशिधरको पनि आफ्नो पगरी त्ञहाँ जालपादेविको मन्दिरमा बिसाएर आफू रेसुङ्गातिर तपस्या गर्न गए भन्ने कुरा वंशावलीहरूमा लेखिएको छ । उनको पृथ्वीनारायणको समयसम्म मैले काम गरेँ । म एउटा तपस्वी विद्वान्् आजीवन यस्तो काम गरेँ । अब मेरो इच्छा अगाडि छैन । एकदिन हामी पनि जानुपर्छ । म परलोक सुधार्ने काम गर्छु रेसुङ्गामा गएर तपस्या गर्छु भनेर त्ञहाँबाट रेसुङ्गा गएर तपस्या गर्न लागे । त्ञहाँ विशाल यज्ञशाला चलाए, पुस्तकालय बनाए, विशाल गौशाला चलाए । उनको बिर्ताको गाउँ अर्घाखाँची र गुल्मीमा पनि छ । उनको जीवनमा भएको सम्पूर्ण कामहरूले कृतज्ञता–ज्ञापन पृथ्वीनारायण र त्यसपछिका पनि राजाहरूले दिएको बिर्ताहरू छन्् केही छापिएका पनि छन्् । अझै छापिन बाँकी पनि छन्् ।
शशिधरजस्ता आर्दश राजदूत आज चाहिएको छ । आज त्यस्ता राजदूतहरू छैनन् । यिनीहरूले त अर्काको २४ अक्षरे भाषा ठाकठुक गरेर राष्ट्रलाई ठगठाग गरेका छन्् । अर्काको पछि लागेका छन्् । यस्ता तल्लो तहका मानिसलाई राजदूत बनाएर राष्ट्रको यो गति भएको छ ।
राजानः सन्ति नो किं दिशिदिशि धरणीपालवंशाब्धिनाताः ।
द्यूतस्वापावलासु प्रणिहितमनसो दानयुद्धप्रहीणाः ।।
दाने मेघोपमानो रिपुदवदहनप्रौढदावानलोžसौ
पृथ्वीनारायणेशो जयति निज धरावारितद्यूतदोषः ।।
भनेर पृथ्वीनारायण शाहका पालामा कस्तो ओजस्वी शासन र कस्तो ओजस्वी भाषा थियो । भाषाबाट थाहा हुञ्छ । त्यस बेलाको राष्ट्रको ओज र तेज । जयार्जुनदेवका पालाको भक्तपुरको वंशावलीमा लेखिएको छ ।
भक्तापुरे सतत्यादेलिगे श्रीमन्नेपालाद्य चुतः शते ।
मार्गशीर्ष सिते पक्षे दशम्यां गुरुवासरे ।।
सुरत्राणासमस्दीनों बंगालबहुलैर्बलैः ।
सहागत्य च नेपाल तन्नो दग्धश्च सर्वशः ।।
सुल्तान सामसदिनोयनाधिराजो नेपाल सर्वनगर भसमी करोति ।।
‘भस्मीकरोति’ भनेको ‘भसमीकरोति’ लेखेको छ । व्याकरणका कति अशुद्धि छन्् । कति अरू अशुद्धि छन्् । भाषाको कस्तो पतन छ त्यो भाषाको पतनले गर्दा अन्तिम लिच्छवि राजा जयार्जुनदेवका र शङ्कर देवी रानीका पालामा राष्ट्रको पतन कति भइसकेको थियो र बाहिरबाट आएका एउटा हमलाले वल वल भनेर भाग्ने भगुवा भतुवा गाँसे शरणार्थीले गर्दा सात दिनसम्म जनताले समसुद्दीनको शासन सहे । हजारौँ मानिस धर्मविहीन भए । अनि बाहिरबाट गोरखा, लमजुङ्ग, पाल्पा, मकवानपुर चार राज्यका सैनिकहरू आएर शत्रुलाई धपाए । अनि धर्मविहीन भएकालाई दश वर्षपछि पतिया गराएर उनलाई फेरि आफ्नो जातिमा मिलाएको इतिहास छ । गोपाल वंशावली आदि र जयस्थिति मल्लको स्थिति बताउने ठूलठूला ग्रन्थहरू छन्् । जुन बेला भाषाको पतन हुञ्छ त्यस बेला भावना, संस्कृति र सभ्यताको पनि पतन हुञ्छ । त्यो बेला राष्ट्रको यही दुर्गति हुञ्छ जुन दुर्गति आज छ ।
त्यसकारण हामीहरूले पृथ्वीनारायणका पालाको
श्रीमद् दुर्गाङ्घ्रिरक्तांबुजमधुर–मधुस्वाद भृङ्गायमाणः ।
पारावार द्विरदधरणीपालवंशाब्धिजाताः ।।
गोरक्षाधीश रक्षाभरवरनगरप्रोद्यदुद्दामधामा ।
ग्रामग्रावाभिरामावनिधरनिकट स्थायी गोर्षापुरी सा ।।
नेपालाधीशसालास्थिततिलकमापाकृत्य संप्रीत चेता ।
पृथ्वीनारायणेशो जयति नृपमणिर्ववृतीतिस्मलोके ।।
भनेर त्यो कस्तो ओजस्वी भाषा र कस्तो ओजस्वी अर्थ छ । त्यो भाषा भएको बेलामा पृथ्वीनारायणले कस्तो दिग्विजय गरेका थिए ।
“गंगासीमासमासीदवसरसमायातचीनाधिपाऽžपि ।
नेपालध्वंसनोद्यन्मतिरतिबलहान् ध्वंसितान् स्वान् विलोक्य ।।
अङ्के तं स्थापयित्वा शिशुमवनिपतिं शासति प्रद्रुतेžस्मिन् ।
भैरव्युद्दामभावप्रकटितसुमतौ श्रीबहादूर साहे ।।
पृथ्वीनारायण शाह र बहादुर शाहको पालाको भाषा र भाषण कस्तो थियो र राष्ट्रको उन्नति कस्तो थियो ? जर्याजुनका पालाको भाषा कस्तो छ ? भक्तपुरे महाकष्टं भवामि भन्ने भाषामा कति व्याकरणको अशुद्धि छ । कति त्यसमा गतिहीनता छ र शासन कस्तो छ भन्ने त्यस बेलाको भाषाले बताउँछ । भाषा जस्तो ओजस्वी हुञ्छ त्यस्तै ओजस्वी बच्चा हुञ्छन्् । आजका हाम्रा बच्चा कस्ता छन्् ?
हाम्रा विद्यार्थीहरू, मन्त्रीहरू, राजदूतहरूको भाषा कस्तो छ ? राष्ट्रको अनुहार, छवि भाषाले देखाउँछ । राष्ट्रको पतन हुन दिनहुन्न, राष्ट्रको उत्थान हुने काम जसले गर्छ, त्यो पत्रिका पनि ठीक पत्रकार पनि ठीक छ । व्यास, वाल्मीकि पत्रकार हुन् । युधिष्ठिरको कस्तो वर्णन गरेका छन्् जस्तो देखे, उस्तै लेखे । त्यसमा बनावटी कुरा छैन । त्यो बेलाको कस्तो पत्रकारिता थियो । आजको पत्रकारिता कस्तो छ ? त्यो हेर्दाखेरि राष्ट्रको उत्थान भइरहेको छ कि पतन भइरहेको छ भन्ने कुरा छर्लङ्ग हुञ्छ । गुल्मीका राजा वीरनरसिंह मल्ल थिए । उनीसँग पृथ्वीनारायण शाहले मित्यारी लगाएका थिए – धर्मपुत्र गरेर । ती सारा कुरा इतिहासमा आएका छैनन् । खोजी गरेर इतिहास प्रकाश गर्नु आवश्यक छ । इतिहास नै राष्ट्रको जीवन हो । इतिहास र भूगोल राष्ट्रका दुई दृष्टि हुन् । भूगोल छैन भने त्यो अन्धा हुञ्छ र इतिहास छैन भने त्यो दुवै दृष्टिविहीन अन्धो धृतराष्ट्र हुञ्छ । यी दुवै दृष्टि पत्रिकाद्वारा देश विदेशमा पुग्नुपर्छ । त्यो उद्देश्य हाम्रा पुरुषार्थ पत्रिकाले पूरा गरेको छ । त्यसलाई धन्यवाद ।
प्रश्नः गुल्मीमा कति कोट छन् ?
उत्तरः गुल्मीमा मुख्य १२ कोट छन् । जसले गर्दा यसलाई ‘बरकोटे ’राज्य वा ‘मगरात’ पनि भन्ने गरिञ्छ । ‘बरकोट’ बाह्र भाइ भन्ने पनि चलन छ । यिनमा रेसुङ्गा ‘ऋष्यशृङ्गाश्रम’ पहिलो कोट हो । अरू चन्द्रकोट, धुरर्कोट, मुसीकोट हुन् । अर्घाकोट र खाँचीकोट पनि गुल्मीकै हुन् । त्यसैगरी १२ वटा कोट छन्् गुल्मीमा । ‘कोट’ भनेको ‘कूट’ भनेको हो, ‘कूट’ भनेको टाकुरो हो । कैलासकूट भवनाद् भुवन प्रकाशाद् गर्ने ‘कैलासकूट’ जस्तो वेदमा प्रकाश गर्ने छ त्यस्तै शासनको र राष्ट्ररक्षाको आर्दश प्रकाशित गर्ने कोटहरू पहिले सर्वोत्तुङ्ग हिमशृङ्गमा र उच्चशिखरमा हुन्थे । त्ञहाँबाट राष्ट्रमा सबैतिर राजाको दृष्टि पनि प¥यो, सबैको रक्षा, शिक्षा, दीक्षा पनि हुन्थ्यो । कुनै प्रकारको अन्याय, अत्याचार हुन पाउँदैनथ्यो । घरमा आगो बल्यो, बलेन, धुवाँ किन निस्केन, खानलाई छ कि छैन ? छैन भने तिनलाई अर्को बाली नआउँदासम्मलाई खान अन्न दिनु भन्ने विवेक विचार र दया दृष्टिले सम्पूर्ण राष्ट्रको प्रतिपालन गर्ने उद्देश्यले कोट= कूट शिखरहरूमा बसेर तलका सबैको सुख दुःखको निरीक्षण गर्न र रक्षा गर्नका लागि राजाहरू टाकुरामा ‘कोट’ बनाई बस्ने गर्थे । आजको जस्तो दूरबिनको चलन थिएन, आजका जस्ता अरू साधनहरू थिएनन् । त्यो बेला माथिबाट सबै कुरामा दृष्टि राख्नुपथ्र्यो । त्यस्ता कोटहरूमा गुल्मीकोट, शृंगाकोट, बलकोट, ईस्माकोट, मरभुङकोट र पुरकोट यिनै बाह्रकोट त मुख्य हुन् । अरू सानातिना कोटहरू पनि धेरै थिए । ती कोटहरूले गर्दा गुल्मीलाई बलियो, दुर्लङ्घ्य, कसैले आक्रमण गर्न नसक्ने, कसैले हेप्न नसक्ने त्यस्तो बलियो र ओजस्वी राष्ट्र बनाएका थिए । ती कोटहरूको महŒव के थियो– यो कुरा आजका मान्छेले बुझ्दैनन्, जान्दैनन् । आज त कोट छोडेर सबै मान्छे तल ओर्लिसके । बेँसीमा, औलो लाग्ने ठाउँमा आएर बस्न लागे । शिखरमा बस्न छोडेपछि तिनको ती उच्च मस्तिष्क, उच्च ज्ञान, उच्च भावना आज छैनन् । त्यस्तो शिक्षा–दीक्षा पनि छैन । त्यो नभएको हुनाले राष्ट्रको गति मति पनि यस्तै छ । सबै कुरा तल ओर्लिदै छ ।
प्रश्नः राष्ट्रिय शिक्षा नीतिका सन्दर्भमा संस्कृत वाङ्मयको चतुर्दिक उन्नति कसरी गर्ने हाम्रो हिन्दु संस्कृति र संस्कृत भाषाको वाङ्मयको रक्षा गर्नका लागि महेन्द्र संस्कृत विश्वविद्यालयलाई अहिले कुन अवस्थामा ञहाँले देख्नुभएको छ ?
उत्तरः महेन्द्र संस्कृत विश्वविद्यालय, महेन्द्रका आर्दश शासनकालमा दाङको टारी गाउँमा अध्यात्मानगर बनाएर त्ञहाँ सात दिनसम्म ‘बृहद् आध्यात्मिक सम्मेलन’ गरियो । नेपाल भारतको समस्त मानिसहरू आए । हाम्रो देशका ३६ हजार प्रतिनिधिहरू आए । सैनिक प्रहरीसमेत लाखौँ मानिस भेला भएर आध्यात्मिक सम्मेलन भयो । यो जनक, अंशुवर्माजस्ता अध्यात्मवादीहरूको देश । ‘निशि निशि चानेकशास्त्रार्थविमर्शादिता सद्(षड्) दर्शनतया धर्माधिकारस्थिति–कारणमेवोत्सवमनतिशयं मन्यमानो भगवान् पशुपति भट्टारकपा–दानुगृहीतो । लिच्छवीपुरकेतु भट्टारकमहाराजधिराज श्री अंशुवर्माकुशल’ भनेर जनकका जस्तो आर्दश लिएर राजा महेन्द्रले दाङमा आध्यात्मिक शिक्षा–दीक्षा दिने र विश्वमा यसको सर्वत्र शिक्षा फैलाउने उद्देश्यले महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरेको हो । आज त्यो त्यसै बौलाएको छ । आजका राजा र जनताले बुझ्न सकेका छैनन् । जनतामा पनि त्यो आध्यात्मिक भावना, आध्यात्मिक विचारधारा र त्यस्तो शिक्षा–दीक्षा हुन सकेको छैन । त्यो विश्वविद्यालयले आफ्नो बाटो छोडेर आज अर्को बाटो लिएको छ । अर्काको जूठो पुरो चाट्ने काम गरेको छ । जनकको, अंशुवर्माको, पृथ्वीनारायणको, जयस्थिति मल्लको, महेन्द्र मल्लको, नरसिंह मल्लको । गोरखाका राजा राम शाहको, कास्कीका कुलमण्डन शाहको र गुल्मीका राजा वीरनरसिंह मल्लको आर्दश लिएर आज शासन चल्न सकेको छैन । त्रिभुवन विश्वविद्यालयले जस्तै महेन्द्र संस्कृत विश्वविद्यालय पनि शिक्षा–दीक्षा दिन सकेको छैन । विद्यार्थीहरू थोरै हुने, शिक्षक धेरै हुने हाजिर हुन पनि नपर्ने यस्तो अवस्था आज संस्कृत विश्वविद्यालयको भइरहेको छ ।
यसै गरी अरू सम्पूर्ण शिक्षाकेन्द्र पनि राष्ट्रिय आर्दशलाई बिर्सेर अरूको देखासिकी गर्न पछि लागेका छन्् । बाटो बिराएका छन् । आजको शिक्षा कुण्ठित छ, लुण्ठित छ, नैतिक मान्यता र अनुशासन छैन । बाँदरले आफ्नो घर पनि बनाउँदैन, तोपचराको घर पनि रहन दिन्न, भत्काइदिन्छ । २८ साले अराष्ट्रिय शिक्षाले २६ अक्षरका बाँदर जन्माएको छ । मरेको कीचकको रूप जस्तो आजको शिक्षाको रूप हो । यसलाई न राजाले चिनेको छन्् न मन्त्रीले चिनेको छन्् न शिक्षाविद्ले चिनेका छन्् । यो शिक्षा भीमसेनका भकुण्डोजस्तो बनेको छ । आज जनमभर पढ्नेले पनि बाह्रखरि अ, आ, …..क, ख, ……. चिन्न सकेका छैनन् भन्न पनि सक्दैनन् । यो शिक्षाले देशलाई खाडलमा लैजाञ्छ । यसले स्वर्गलाई नरक बनाउँदै छ । तुरुन्त यसलाई खारेज गरेर फालेर आमूल परिवर्तन गर्नुपर्दछ । हाम्रो शिक्षा कस्तो थियो ? कस्तो छ ? कस्तो हुनुपर्दछ ? भन्ने तीन अध्यायमाथि राम्रोसँग विचार गरेर, दिग्दर्शन गरेर ऋषिमुनिहरूका पालामा जस्तो थियो – ‘सत्यं वद, धर्मं चर, स्वाध्यायान्मा प्रमदः स्वाध्यायो वेद. देवपितृकार्याभ्याम् न प्रमदितव्यम् मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव, यान्यस्माकं सुचरितानि तानि त्वयोपास्यानि नो इतराणि, यान्यनद्मानि कर्माणि तानि सेवितव्यानि नो इतराणि, ये चास्मदनूचाना अनुक्षास्ते तत्र यथा वर्तेरन् त्वं तत्र तथा वर्तेथाः श्रिया देयम्, ह्रिया देयम्, भिया देयम्, संविदा देयम्, एष आदेशः एष उपदेशः एषा वेदोपनिषत् एतद् अनुशासनम् एतद् उपासितव्यम् भन्ने यो अनुशासनको र आरम्भको शिक्षा विद्यालय जीवनभर पालना गरेर सम्पूर्ण वेद, वेदाङ्ग, कर्मकाण्ड, धर्मशास्त्र जानेर सर्वज्ञ भइसकेको जब घर जाने दिन आउँछ त्यो पच्चीस वर्षको उमेरमा समाजभारं विशेषेण वहन कर्तुं शक्तः विवाहः त्यो विवाहमा प्रवेश गर्ने बेलामा फेरि त्यही अनुशासन दिएर जीवनभर पालन गर्नु र आफ्ना सन्तानलाई पनि त्यही सिकाउनु भनेर घर पठाउँछन् ।
त्यो शिक्षा आज छैन । आजका विद्यार्थीहरू आफ्ना आमा बाबुलाई ढोग भेट गर्न पनि जान्दैनन् । आफ्ना अध्यापकको मुखमा कालो मोसो दलेर गधामा चढाएर उनलाई पुस्कार दिने विद्यार्थी भएका छन्् । यस्ता विद्यार्थी बनाएर देशको उन्नति हुञ्छ ? शिक्षा सूत्र छैन । जाति पाति छैन, धर्म शर्म छोडिसके । पशुभन्दा पनि महापशु भइसके । वृत्तिका लागि, पेट पाल्नका लागि ‘वृत्तिमूलक शिक्षा’ भञ्छन्् । वृत्तिमूलक भनेको पेट पाल्नका लागि हो । पेट त कुकुर बिरालोले पनि पालेका छन्् । त्यो भन्दा माथिको मानव शिक्षा कस्तो हुनुपर्दछ ? के हुनु पर्छ ? भन्ने थाहै छैन ।
मानव शिक्षा ज्ञानका लागि हुनुपर्छ । वैदिक कालदेखि लिएर सम्पूर्ण ऋषिमुनिहरूको शिक्षालाई ग्रहण गर्नुपर्दछ । यो शिक्षालाई हटाउनुपर्छ । अनिमात्र देशको कल्याण हुञ्छ । नत्र भने यो शिक्षाले देशको, राष्ट्रको, राजाको, धर्मको, संस्कृतिको, सभ्यताको, सदाचार सबैको नाश गर्छ । केही राख्ने छैन । कौत्सः प्रपेदे वरतन्तुशिष्यः वरतन्तुको आश्रममा कौत्सले पनि पढे, राजकुमार रघुले पनि पढे । राजकुमारको र जनताको छोराको पनि शिक्षा एकै ठाउँमा हुनुपर्छ । अनिमात्र राजाको कुरा जनताले बुझ्ने र जनताको भाषा राजाले बुझ्ने हुञ्छ । विदेशमा पढेकाले विदेशको भाषा पढेकाले देशको रक्षा गर्न सक्दैन । तिमीहरू सबै छेउ सुनाइ गया र तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउनन् र यो राज्ये थामी खानन् भन्ने पृथ्वीनारायणले अन्तमा जस्तो उपदेश गरेको छन्् त्यस्तो भएमा मात्र राजा प्रजाको एउटै घर राष्ट्र हुन सक्छ । राजाले पनि राजकुमारले पनि धर्मशास्त्र पढ्नुपर्छ । राजालाई प्रजालाई एकै प्रकारको शिक्षा हुनुपर्दछ ।
शिक्षा सबैका लागि निःशुल्क हुनुपर्दछ । शिक्षा, स्वास्थ्य र न्यायको शुल्क लिनु हुँदैन । राज्ञि धर्मणि धर्मिष्ठा पापे पापाः समे समाः । राजानमनुवर्तन्ते यथा राजा तथा प्रजा जस्ता राजा हुञ्छन्, त्यस्तै प्रजा हुञ्छन्् । त्यसकारण राजाले धर्मशास्त्र पढ्नुपर्छ । एष धर्मः सनातनः भनेको छ । राजगुरु र राजपुरोहित पनि गतिला नभएकाले राष्ट्रको यस्तो हालत भएको हो । सबैको समाप्तिको समय आउँदै छ । राजा सावधान, जनता सावधान, मन्त्री सावधान, सचिवहरू सावधान, नत्र सबैको एकै घान हुने स्थिति आउन लागिसक्यो ।
हाम्रो वैदिक शिक्षामा स्वरहरू बीस हुञ्छन्् । आज १२ पनि पढ्ने पढाउने गर्दैनन् । अनि क ख, ग, घ, ङ, ……., पलिक्नि, चख्नतुः अग्निः जघ्नतुः भनेर ६४ अक्षरको वर्णमाला अनि बाह्रखरि होइन, सोह्रखरि मात्रा हुञ्छन्् । षोडश मात्रिका पढिसकेपछि क, ख, ग, घ, ……. क्ल ख्ल म्ल घ्ल…….इत्यादी सम्पूर्ण जानिसकेपछि आर्ष शिक्षा पद्धतिमा ६४ कलाका ६४ अक्षर, वेद, वेदाङ्ग, कर्मकाण्ड, धर्मशास्त्र पढेर सुयोग्य नागरिक तयार गर्नुपर्छ । अहिलेको २६ अक्षर शिक्षा, विदेशीको नक्कली देखासिकीलाई फाल्नुपर्छ । वैदिक शिक्षा मनुस्मृतिदेखि अनुस्मृतिसम्मको शिक्षा दिने व्यवस्था गर्नुपर्दछ । धर्मको रक्षा गर्नुपर्दछ, देशको रक्षा गर्नुपर्दछ । राष्ट्रको रक्षा गर्नुपर्दछ । बेलझुण्डीमा झुण्डिएको शिक्षा हटाएर वैदिक शिक्षा चलाउनुपर्दछ ।
विश्वमा ऋषिमुनिहरूको शासन चल्दासम्म कुनै विश्वयुद्ध भएन । विश्वयुद्धको विभीषिकाले कसैलाई छोएन । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाक् भवेत् भन्ने हाम्रो शिक्षा हो । त्यो शिक्षा आज पनि व्यवहारमा चलाउनुपर्छ । त्यसैले देशको, राष्ट्रको र समाजको कल्याण हुञ्छ । आजको शिक्षाले देश र समाजको रक्षा हुँदैन । आमूल परिवर्तन भन्ने शब्द आएको छ तर आजसम्म केही पनि परिवर्तन भएको छैन । त्यसैले आजको शिक्षा तुरुन्त परिवर्तन गर्नुपर्दछ । यो गर्ने काम सम्पूर्ण विद्वान्हरूको हो । विद्वान्हरूले मिलेर यो काम तुरुन्त गर्नुपर्दछ ।
प्रश्नः नेपाली भाषा–साहित्यमा सर्वाधिक योगदान गर्नेहरू को को हुन् ? तिनीहरूको योगदानलाई कसरी लिनुभएको छ ?
उत्तरः भाषामा योगदान गर्ने, साहित्यमा योगदान गर्नेहरू पुराना ऋषिमहर्षिहरू छन्् । त्यसपछि वाल्मीकि, व्यासहरू छन्् । त्यसदेखि पछि आदिकवि भानुभक्त आदि छन्् । भानुभक्तभन्दा पहिलेका कविहरू काजी भएका, मन्त्री भएका विद्वान्् पण्डित–शक्तिबल्लभ अज्र्यालले एक करोड पद्य लेखेको छु भनेका छन्् । तिनको भाषाले समृद्धि र प्रगतिशीलता गर्दाखेरिमा तुकबन्दी छोडेर अर्थगौरव राखेर “जस्ले सातु ग¥यो मकैकन पिंधी सिद्रो मुठीमा धर्यो ।” सिन्की थिची सुकाइदियो नुन ढिको फोरेर साथ्मा लियो …….. भनेर एकै श्लोकमा चार पुस्ताको इतिहास भरेको छ । गागरमा सागर भरेको छ । ती महाकवि शक्तिबल्लभ अर्याल आत्रेयका कृति अहिलेसम्म पनि जैसी कोठा र दरबारभरि छन्् छापिएका छैनन् । तर भानुभक्त प्रतिनिधि जन्म्यो । मोतीराम भट्टले गुरुभक्ति देखाएर भानुभक्तलाई आदिकवि बनाए ।
जगतीसिंहले गायत्रीको अर्थ गर्दा भर्गको अर्थ गरेको छ । ७६ अक्षरमा २ अक्षरको अर्थ गर्ने राजा र मन्त्री भएका थिए । त्यो बेलाका विद्वान्् एक एकले महाभारत जस्ता कल्लिमालै मल्लिमालै तैमाथि हिमालै भन्ने ती लोक साहित्यका ठूल्ठूला ग्रन्थहरू बनाएका छन्् । ती प्रकाशमा आएका छैनन् । तिनले दरबारको चाकडी नगरेका हुनाले प्रकाशमा आउँदैनन् । रत्नाकर भन्ने कवि छन्् । जसको एक पद्यको अर्थ अरूले पुरा काव्यमा पनि दिन सक्दैनन् । “डोटी राम्रो डडेल्धुरो अछाम राम्रो साँफे । मान्छे राम्रो मन मिल्याको पन्छी राम्रो डाँफे ।” भनेर साहित्यिक सौन्दर्यपूर्ण रचना गर्न सक्ने छन् । कविहरू खोलामा थन्किएका छन्् । यदुकानन्दका पुस्तकालय रेसुङ्गामा पनि यस्ता कति छन्् कति छन्् । कवि महाकविहरू राष्ट्रका निधि हुन् । एक टुक्रामा इतिहास भर्ने ती कवि महाकविहरू कति छन्् उल्लेख गरेर साध्य छैन । कविशिरोमणि लेखनाथले दरबारको चाकडी गरे चन्द्रशम्शेर सम्राट् भन्दिएपछि उनले पाए । त्यसै गरी अरूले पनि पाए । महाकवि देवकोटाले ञहाँ केही पाएनन् । उनले विदेशमा विश्वभाषा कवि गोष्ठीमा ञहाँबाट भागेर घरखेत बेचेर गएर वहाँ उनले एक वैदिक मन्त्रको १० भाषामा एउटै छन्दमा कलम छैन, कागजमा छैन, ठाडठाडै अनुवाद गरेर सुनाएपछि प्रथम श्रेणीको सुवर्णपत्र पनि पाए, सुवर्णको चिया खाने कप पनि पाए । उनलाई विदेशले प्रथम घोषित गरेपछि ञहाँका मरेको बालकृष्ण सम, पुष्कर शमशेर, बालचन्द्र शर्मा, वर्षदिनसम्म तनखा नदिएर सुक्खै लाजले मारेका दुकानबाट उधारो पाउन पनि छोडिसकेको दालभात डुकु भनी जपेर मर्न सक्ने अवस्थामा विदेशमा गएर महाकवि बनेर ञहाँ आएपछि जुद्धशम्शेरले “नानी, तिमीले त राम्रो काम गरेछौ हामीलाई त ञहाँ थाहै थिएन, वहाँ गएर तिमीले यस्तो नाम राखेर आएछौ हामीबाट पनि तिमीलाई महाकवि पदवी स्वीकृत गरिबक्सेका छौ” भनी ञहाँबाट पछि स्वीकृत भएको हो ।
एक दिन घण्टाघरमुन्तिर कविगोष्ठी थियो । त्यो कविगोष्ठीमा सभापति हुनुहुन्थ्यो कविशिरोमणि लेखनाथ । त्यसका आयोजक थिए गोपाल पाण्डे । त्यसमा सबै कविहरू उपस्थित थिए । त्यसमा आदिमा कविता पढ्ने क्रम महाकवि देवकोटाको रहेछ । महाकविका पासमा घडी पनि छैन गाडी पनि छैन । घरबाट हिड्दै अरूलाई भेट्दै जाँदा ढिलो भयो । अरूले कविता पढ्दै गएपछि महाकवि बल्ल आइपुगे । त्यो दर्शकमा म पनि छु । रिसको दण्डलाई पुरस्कारको रूपमा लिएर लेखनाथले व्यङ्ग्य भाषामा दाडिमको दाना दिएर कविता पाठ गर्न भने । उनले पनि मलाई छेड हानेको हो भन्ने बुझे । त्यो दानालाई हातमा उफारेर फाल्दै उत्प्रेक्षा अलङ्कारयुक्त गद्य कवितामा यसो उफार्दै यो दाडिमको दाना चन्द्रमाको मण्डल हो कि ? यसमा भित्र अमृतमय मीठा मीठा फल भरिएका छन्् । यो सूर्यको विम्ब हो कि ? यसमा कति तेज र कति ओज कति प्रकारको गुण छ । यो नौनीको डल्लो हो कि ? भन्दै उत्प्रेक्षा मात्रैले एक घण्टा पुरा खतम गरिदिए । हेर्नेहरू पनि चकित, दण्ड दिनेहरू पनि लज्जित, विना कलम, विना कागज देवकोटाले भाङ खाएर लेख्नुपर्ने लेखनाथका अगाडि सबैलाई चकित पारेर कविता सुनाएपछि लेखनाथले देवकोटालाई महाकवि भनेको स्वीकार गर्छु भने । त्यो बेला टेप पनि थिएन । चित्र पनि थिएन । जनकविकेशरी पनि त्ञहाँ थिए । देवकोटाको कविता सुन्दा सब मूक भए, जड भए । साहित्यिक क्षेत्रमा देशलाई विदेशमा पनि प्रख्यात गर्ने, वास्तविक महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । उनको अन्तिम महाकाव्य “सुन्दरीजल” हो । त्यो प्रकाशित हुन बाँकी छ ।
प्रश्नः देवकोटाको अन्तिम महाकाव्य “सुन्दरीजल” का के कस्ता विशेषताहरू थिए ?
उत्तरः महाकवि लक्ष्मीप्रसाद देवकाटोको अन्तिम महाकाव्य “सुन्दरी जल” हो । त्यो महाकाव्य अहिलेसम्म प्रकाशित भएको छैन । त्यो महाकाव्य मृगस्थली गोरक्षपीठको ईशानकोणको कोठामा बसेर उनले लेखेका हुन् । उनी बिरामी भएर कविराज, वैद्यका सल्लाहले बोल्न, लेख्न, पढ्न, चुरोट खान निषेध गरी एकान्त सेवन गर्न दिएको सम्मतिअनुसार चैत्रमा ञहाँ आएका थिए । उनले खान नदिएर बाँच्न सक्छु लेख्न नदिएर बाँच्न सक्दिन भनेका हुनाले गीताप्रेसको हात्ती छाप कापी ल्याएर हरियो रङ्गले राता रेखा भएका एक दर्जन कापीमा उक्त महाकाव्य लेखिएको छ । त्यसमा वसन्त ऋतुमा वसन्ततिलका छन्दमा ९ सर्गको ९००×२=१८०० श्लोकको महाकाव्य ९ दिनमै लेखेका थिए । महाकाव्य संस्कृत र नेपाली दुवै भाषामा तत्सम छन्दमा उनले लेखेका थिए । उनले संस्कृतमा सम्पूर्ण मध्यमा परीक्षा उत्तीर्ण गरेका भए पनि अहिलेका आचार्यहरूको भन्दा राम्रो ज्ञान थियो । दिनभर दुवै भाषामा एक सर्ग लेखी साँझ यही बसेर पढ्ने गर्दा एक दुई ठाउँमा मात्र मैले व्याकरण सच्चाइदिएको थिएँ । अरू कुनै प्रकारको गल्ती थिएन । उक्त महाकाव्य पूरा भएपछि संस्कृतमा छोटो पद्यमा लक्ष्मीप्रसाद कविना कविनायकेन……… इत्यादि भनेर मैले भूमिका लेखिदिएको थिएँ । उक्त महाकाव्य लक्ष्मीप्रसादका भिनाजु, गुह्येश्वरी पारी कुमारी गालमा घर भएका मुखिया अनङ्गनाथ पौडेल (हरिशम्शेर जबराका घरकाज अड्डाका डि¨ा हाकिम) ले देवकोटालाई एउटा हातले समातेर र अर्का हातले ती पाण्डुलिपिहरू समातेर एक पटक मैले पनि हेर्छु भन्दै लगेका हुन् । पछि सोध्दा उनले घरमा पु¥याइदिएको छु भनेका थिए । त्यो महाकाव्य खोजेमा अवश्य भेटिञ्छ भन्ने मलाई पूरा विश्वास छ ।
यस सुन्दरीजल महाकाव्यमा महाकविले सुन्दरीजलबाट आरम्भ गरेर सुन्दरीजलमै पूरा गरेका छन्् । सुन्दरीजलबाट गोकर्ण उत्तरवाहिनी गुह्येश्वरी, गौरीघाट, किरातेश्वर कैलास उमाकुण्ड, आर्यघाट, पशुपति, भष्मेश्वर, राजराजेश्वरीसम्म र काठमाडौं उपत्यकाका तीनै नगर एवं समस्त देवीदेवताहरू र प्रकृतिको सुन्दर वर्णन गरेका छन्् । प्रकृतिले कृतिले पनि सुन्दर भन्ने यो सुन्दरीजल महाकाव्य हराएपराएको छैन । हामी सबैले लागिपरेमा अवश्य पाइनेछ । म शून्यमा शून्यसरी बिलाएँ भन्नुभन्दा पहिले उनले यही महाकाव्य निर्माण गरेर कलमलाई बिराम दिएका हुन् ।
प्रश्नः वैदिक धर्म र बौद्ध धर्म पृथक् पृथक् धर्म हुन् ?
उत्तरः यी दुवै धर्म पृथक् होइनन् । एउटै धर्म हो । धर्म एउटै छ । ईश्वर एउटै छ । वेद एउटै छ । वेदोžखिलो धर्ममूलम् भनिएको छ । मत्स्यः कूर्मोंवराहश्च नरसिंहोžथ वामनः । रामोरामश्च कृष्णश्च बुद्ध कल्कि च ते दशः । भनी दश अवतार भनिएका छन्् र दश अवतार एउटै विष्णुका रूप हुन् । दश धर्म लक्षणमा संक्षेप गरेर अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह, पञ्चशीलको प्रचार विश्वमा गरेका थिए । जापान आदिमा आजसम्म त्यस्तै छ । शिन्तो धर्म सनातनो विजयते भनेर भनिएको शिन्तो धर्म सनातन धर्म हो । वैदिक धर्म सनातन धर्म हो । वैदिक धर्म र बौद्ध धर्म पृथक् होइनन् । एउटै रूखका दुईवटा हाँगा हुन् । विदेशी, विजाति, विधर्मीहरूले फूट डालो राज करो भनेर कूटनीतिले पृथक् भनेका हुन् । कसैले केही भन्दैमा केही हुँदैन । जो छ त्यो ध्रुवसत्य छ ।
माहिंस्यात् सर्वाभूतानि भनेर वेदले अहिंसा धर्मको प्रतिपादन गरेको छ । वेदव्याख्यामनुस्मृतिः भनिएका मनुस्मृतिले अहिंसा नै परम धर्म हो भनेको छ । बुद्धले पनि धम्मसुत आदिमा अहिंसा परमो धम्मो भनेका छन्् । महावीरले पनि अहिंसा परमो धम्मो नै भनेका छन्् । यसै गरी समस्त ऋषिमुनि, मनु मानवतावादी विश्वका विभूतिहरूले अहिंसा नै परम धर्म मानेका छन्् ।
प्रश्नः बुद्ध धर्मलाई नास्तिक धर्म पनि भञ्छन्् होइन र ?
उत्तरः होइन । पटक्कै नास्तिक धर्म होइन । फटाहाहरूले हाम्रो समाजमा फूट पार्नका लागि त्यसो भनेका हुन् । हामीहरू भ्रामकहरूले सिर्जना गरेको भ्रान्तिका पछि लाग्नु हुँदैन । वैदिक धर्म र बौद्ध धर्म एउटै हो ।
प्रश्नः योगीजीका प्रकाशित र अप्रकाशित कृतिहरू के कति छन्् र कस्तो अवस्थामा छन्् ?
उत्तरः एकहजारभन्दा केही बढी प्रकाशित कृतिहरू छन्् र अप्रकाशित १८ हजार जति छन्् । तिनीहरू देश विदेशमा छरिएका छन्् । तिनको पनि सङ्कलन गर्नु आवश्यक छ । तिनका केही नाम पशुपतिमतम् (पशुपतिनाथको दर्शन), गोरक्षग्रन्थमाला, इतिहास प्रकाश, सन्धिपत्र सङ्ग्रह, तापत्र, कनकपत्र, रजतपत्र, रीतिपत्र, भुर्जपत्र, कठपत्र, कमठपृष्ठपत्र, (कछुवाका पीठमा लेखिएका पत्र), ताडपत्र, देवदारूपत्र, अभ्रक (माइकामा लेखिएका) पत्र, नीलपत्र (पानी, अग्निले भिज्दा डढ्दा केही नहुने) माइनपट, कीर्तिखम्ब, वीरखम्व, सतीखम्ब, सीमास्तम्भ, इष्टका पत्र (ईटा), पाण्डुपत्र, अर्गलीपत्र (कागज बाँस आदि), वंशपत्र (बाँसका सुपला) गच्छपत्र, धर्मपत्र, सन्धिपत्र क्षतपत्र (धेरै मान्छे जुटेर ढुङ्गामा खोपेको) इत्यादि शतसहस्र पत्र, पुस्तक, पुस्तिका, हाम्रो देश दर्शन, अवतारविभूति, स्थल परिचय, ऋषिमुनि मानव विभूति परिचय, वनस्पति परिचय, खनिज परिचय, जलजन्तु, स्थलजन्तु, नभश्चर परिचय, स्वास्थ्य विषयक, साहित्य, सङ्गीत, कला दर्शन, खण्डकाव्य, महाकाव्य (अन्योक्ति मुक्तावली) आदि देवता तीर्थमाला, देवमाला वंशावली, गोर्खा वंशावली, मल्लभूपाल वंशावली, किरात वंशावली, गुरुङ÷मगर वंशावली, तामाङ÷सेर्पा वंशावली, हस्तिनापुर वंशावली, राजस्थान वंशावली आदि शतसहस्र वंशावली, भो, भैलो, भोसी, द्यौसी, चैतेलो, लोकसाहित्य सङ्ग्रह, फुटकर कविताहरू, लाल मोहर, श्याममुद्रा, सनद, रुक्का, दस्त आदि हजारौँ छन् ्। एकत्र–सङ्ग्रह गरेर सुरक्षित गर्नु वाञ्छनीय छ । राजिक, दैविक, दुर्घटना आदिमा हजारौँ कृतिहरू नष्ट भए र हुँदै छन्् । संरक्षणको प्रबन्ध पूरा हुन सकेको छैन । चेतनशील, धर्मरक्षक, देशभक्त साहित्य–सङ्गीत कलाभक्तहरूको एकता हुनु अनिवार्य छ । पुरातŒव सामग्रीहरूका सङ्ग्रह पनि असुरक्षित अवस्थामा छन्् । राष्ट्रभक्त, देश–जातिभक्त समग्र समाजका सहयोगले यो कार्य हुन सक्नेछ । सबै जुटौं । नफुटौं, यो हाम्रो परम्परागत सभ्यता, संस्कृति, धर्म हो ।
साभारः हाम्रो पुरुषार्थ, वर्ष २५, अङ्क २, पूर्णाङ्क ३६, वैशाख, २०५६
प्रकाशक – किरण पुस्तकालय तम्घास, गुल्मी
अर्जुन ज्ञवाली र योगी बलभद्रनाथद्वारा संकलित, सम्पादित हाम्रो– देश दर्शन, योगी नरहरिनाथ पुस्तकबाट
२०८१ पुष १
ताजा नेपाल
२०८१ पुष १
ताजा नेपाल
२०८१ पुष १
ताजा नेपाल