Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिन्दू धर्मका ‘ठेकेदार’ले बुझे क्रिश्चियनकाे नोट

काठमाण्डौ । हुन त हिन्दू धर्मलाई अब सरकारले नै अगाडि नसार्ला भन्न सकिँदैन । तर यसअघि हिन्दू धर्मलाई भजाएर खाँदै आएका हिन्दू धर्मका ठेकेदार कमल थापा क्रिश्चियनको नोटमा डुबेका छन् । हिन्दु धर्म र राजाको बकालत गर्ने राप्रपा अध्यक्ष कमल थापाले मदर टेरेसा ट्रष्ट र कोरियन पादरी मुनको टोलीसँग रु ३० करोड लिने शर्तमा मकवानपुरमा निर्मित चर्च भवन उदघाटन गरेको पूर्वपञ्च दीर्घराज प्रसाईले फेसबुकबाट खुलासा गरेका छन् । प्रसाइले क्रिश्चियनसँग पैसा लिएको भए तत्काल राप्रपाको अध्यक्षबाट राजीनामा दिन भनेका छन् ।

लोकतान्त्रीक गणतन्त्रात्मक सविधान जारी गर्दा पनि युरोपेली युनियनको खर्चमा संसदमा बनेको ककसबाट ठूलै थैली थापाले बुझेको चर्चा थियो । ककसका संयोजक तत्कालीन एमाले तर्फका समामुख सुभाष नेम्वाङ थिए भने सर्वाेच्च अदालतकै न्यायधिस सपना प्रधान मल्ल, महान्यायाधिवक्ता अग्नि खरेल, माओवादीतर्फका सासदहरू रामबहादुर थापा बादल, देव गुरुङ, चन्द्रप्रकाश गजुरेल, सुरेश आले मगरहरूको टीम थियो । काँग्रेसका कृष्ण सिटौला, डा. शेखर कोइराला, गगन थापा, सुजाता जोष्ट, डा. शशाङ्क कोइराला, मनबहादुर विकजस्ता हस्ती पनि युरोपेली युनियनसँग जोडिएकै पात्र थिए ।

एकनाथ ढकालको पैसामा नेकपाका ठूला नेताहरू चुर्लुम्ब थिए । माधव नेपाल त पिस फेडेरेशनको विश्व शान्ति सम्मेलनका हताकर्ता थिए । ढकालले कम्युनिष्ट पार्टीको सरकारलाई साथ लिएर तारागाँउ एजेन्सी होटलमा सम्मेलन गराए । प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि बनेका थिए । उनकै निर्देशनमा नेकपाबाट निर्वाचित स्थानीय जन प्रतिनिधिहरूलाई मुनको पिसाब शेचन गराएको परिस्थिति आलोचीत थियो । अहिले पनि कोरियन पिस फेडेरेशनको नाउमा ढकालले शिक्षा माफियाहरूको टीम पारिचालन गरेका छन् ।

राप्रपा जस्तो हिन्दु धर्मको नाउँमा राजनीति गरेको पूर्व राजाको स्तुती गराएर जनतासँग भोट मागेका कमल थापाजस्ता द्रव्यमोहीको योजना सफल बनाउन दक्षिणको भारतीय सत्ता नै लागेको बेला प्रधानमन्त्री केपी ओलीले हिन्दु अनुयायीहरूको भोट संकलन गर्न नेपाललाई हिन्दू अधिराज्य घोषणा गरे भने पनि अब नौलो हुने छैन । प्रम ओली चितवनको अयोध्यायमा रामलीला आश्रम र अयोध्यायको झल्को दिने गरी मन्दीर बनोउने अभियानमा जुटेका बेला कमल थापाहरू क्रिश्चियन पैसामा रमाएको खबर आउनु संयोग ठान्नुपर्ने भएको छ ।