Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिम स्टार उर्जाको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गरेको हो । कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू। १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये जारीपूँजीको ५ प्रतिशत अर्थात रु। १०० अंकित दरका १ लाख ८६ हजार ५ सय कित्ता ओखलढुङ्गा जिल्ला, खिजीदेम्बा गापा वडा न ८ साविक भुसिङ्गा गाविस वा सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गापा वडा न। २ साविक गोली गाविस वडा न।१,२,३,४,५ का स्थानिय वासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्टाइएको सेयरको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका ९३ हजार २५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि गत जेठ ३० गतेदेखि असार १३ गतेसम्म जारी गरिएको थियो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल