Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तिब्बततर्फको माथिल्लो क्षेत्रमा हिमताल फुटेको वा नदी थुनिएर एक्कासी खुलेपछि बुधबार बिहान भोटेकोसी नदीमा ठूलो बाढी आएको आशंका गरिएको छ।
अचानक आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा क्षति पुगेको छ भने बाढीको बहाव तलतर्फ बढ्दै जाँदा त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको समयमा जिल्लाको सदरमुकाम क्षेत्रमा वर्षा भएको थिएन। जिल्लाभित्र उल्लेख्य वर्षा नभए पनि नदीमा एक्कासी ठूलो बाढी आउनुले माथिल्लो क्षेत्रमा कुनै प्राकृतिक घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रारम्भिक रूपमा तिब्बततर्फ कुनै हिमताल फुटेको वा माथिल्लो क्षेत्रमा नदी थुनिएर पछि एक्कासी खुलेका कारण ठूलो परिमाणमा पानी तल आएको हुन सक्ने आशंका गरिएको छ।
बाढीको वास्तविक कारण तथा माथिल्लो क्षेत्रमा भएको घटनाबारे थप विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।
यसैबीच, भोटेकोसी हुँदै त्रिशूली नदीको जलसतहसमेत बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल