Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी यही फागुन १२ गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएको छ ।
हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरि ‘हिमालयन बैंक लिमिटेड’कै नाममा एकीकृत कारोबार गर्ने यसअघि नै सहमति भइसकेको छ । प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान कमलादीमा जानकारी दिईएको छ ।
हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्बन्धी गत असार २९ गते प्रारम्भिकर समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने गत पुस २८ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित भएको थियो ।
समझदारी पत्रमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।
दुई बैंक सञ्चालन समितिको निर्णय अनुसार हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा नै रहने जनाईएको छ।
सिभिल बैंकको १००ः८०.२८ अर्थात १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०।.२८ कित्ता शेयर हुने गरी मर्जर हुन लागेको हो ।
हिमालयनको चुक्ता पूँजी १४ अर्ब ६२ लाख २३ हजार ८ सय ६२ र सिभिलको चुक्ता पूँजी ९ अर्ब ५२ करोड ९६ लाख ३६ हजार ४ सय रुपियाँ छ । दुई बैंक एक भएपछि कूल चुक्ता पूँजी २४ अर्ब भन्दा बढी हुने भएको छ ।
यसअघि हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्ज सम्झौता भए पनि भाँडिएको थियो ।
यसैबीच एकीकृत कारोबारका लागि सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहने छ भने सिभिलको सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहने जनाइएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल