Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हुन्छ त माओवादीहरुको एकता ?

काठमाण्डौ । गाँउले उखान छ माँच्ने नजानेको मान्छेले सधै आँगन टेढो देख्छ । आँखा फुटेको गोरुले वर्षादको झरी होस् वा चैतको खडेरी सधै हरियो देख्छ । यी मिल्दा जुल्दा उखान नेपाली सधै हरियो देख्छ । यी मिल्दा जुल्दा उखान नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तीकारी घटक भन्दा भन्दै आपसी दुष्टता र सर्किणता मात्र होइन उग्रवादी सोचले ग्रस्त स्वार्थ लम्पट पदमोहको निशानामा परेको सबै माओवादी नेतासँग मिल्छ । माओवादीलाई जनताले साथ दियो । तर राष्ट्रको स्वाभिमानसँग युरोपेली युनियनको पैसाले दलीय जनजातिलाई उचालेर नेपाली धर्म र संस्कृति माथि प्रहार गर्दै ब्राम्हणजति माथि प्रहार गरेका माओवादी छिन्न मिन्न भएका हुन् । ब्रम्हण वर्गका प्रचण्ड,मोहन वैद्य डा. बाबुरामहरु एक न एक विदेशीको जालमा फसेकै हुन् ।

यीनले ११ वर्षको संघर्ष स्वार्थ र पाद मोहमा विस्थापित गराए । कुरा क्रान्तीका यीनले गरे रात पर्न नपाउदै सर्वहारा वर्गको भान्साको बाक्की प्रति बोतल रु ६५ सय पर्ने महंगो रक्सी र सितनमा पर्याे । राज्यबाट प्राप्त हुने सेवा र सुविधा यीनले बन्दूक उठाउनेलाई दिएनन् । यीनकै भाईभारदारले राजनीति नियुक्ति पाए यीनकै श्रीमतिले विभूषण पाउने सम्मका लज्जीत काम भए । संविधान सभाबाट पहिलो चरणमा संविधान जारी गर्न नदिने इस्युको डलर खड्का विक, देव गुरुङ्ग चन्द्र प्रकाश गजुरेलको नेतृत्वमा भित्रियो । यीनले नेपाली जनता पार्टीका कार्यकर्तालाई पत्रु सम्झीए ।

पार्टीलाई चुस्त बनाउनु पर्छ सिद्दान्त नीतिमा चलाउनु पर्छ । पार्टीका नेता मन्त्री बन्दा सहनु हुदैन भन्ने ज्ञान यीनमा भएन । संसार हाम्रै सोच्नेले संसारको वास्तविकता लत्याउदा एमाले जस्तो युरोपेली युनियनदेखि सिआईए र रअद्वारा लगानी भएर आर्थिक रुपमा सम्पन्न पार्टीले क्रान्तीकारी धारमा खिया प्रवेश गराई दिदा मोहन वैद्यको दर्शनले पत्तो पाएन प्रचण्डको कुशल व्यवस्थापनले थाहा पाएन । डा. बाबुराम आफै पनि रअसँग नजिक थिए । घरका सबै मरेको खण्डमा तातो चुलोमा म बस्थे भन्ने बिरालोको टुक्कासँग तीनै जनाको विवेक बन्दक भयो । हिजो माओवादी टुत्र्याएर चुनावमा गएका एमाले काँग्रेसका उम्मेद्वारसँग मतदाता बेच्ने जोक्करहरु कोही एमालेमा जोडिएका छन् । कोही पार्टी संस्थापन मै जोडिएर संसदीय मोर्चाका मन्त्री सेवा सुविधा लिएका छन् । यो बीचमा नेत्र विक्रम चन्दको आतंक टिकेन । बरु एनसेलले चन्दा दिएर टेलिफोन टावर पड्काएकै हो । जहिले न्याउरी मारी पछुतो तीनलाई भएको छ । जसको धम्की र हुण्डरी बाहेक जनताले पत्याउदैनन् । मोहन वैद्यकै पार्टीको हविगत सबै छर्लङ्ग छ । मोर्चा जतिसुकै दलको बनोस् तीनको तागत केबल लेटर प्याडको भर हो ।

नेत्र विक्रम मोहन वैद्यले माओवादी भत्काउदा अधुरो जनयुद्द सफल पार्ने भनेका थिए । पार्टी फुटेको दुई वर्षमा चन्दले फेरी फुटाए । विदेश साम्राज्यवादीको इशारामा नाचेकाहरुको रहर पुग्यो । संस्थापनले जति संगठन बचायो त्यो अहिले एमालेको विभाजन जति शक्तिशाली थिएन । परिवर्तनले ल्याएको संघियता गणतन्त्र समावेशीताको अधिकारको रक्षका लागि पनि माओवादी एक हुनै पथ्र्याे । बेला त बित्यो तर पनि बचेको जनमत जोगाउने हो भने एकता गर्नु राम्रो हो । तर त्यहाँ हिजो पार्टी फुटाउदा दलित, जनजातिलाई हरियो घाँस दिलाएको शक्ति कित जब्बर छ भन्ने कुरा प्रमुख हो । महराको बदनाम गराउने केपि ओलीले बालिका खड्का र शेरधन राईको विवाद सुन्दैनन् । अग्नी सापकोटा माथि दमन गर्ने केपिले सांसद अपहरण काण्डलाई सामान्य माथि दमन गर्ने केपिले सांसद अपहरण काण्डलाई सामान्य देखेजस्तै जनताको साथ रहदा रहदै मातेका मोहन वैद्य र नेत्र विक्रमले पार्टी फुटाएर प्रदर्शन गरेको रमिता प्रति पछुतो मानेका छन् भने एकताको अर्थ छ जनताले पत्याउँछ न त्र यो तस्वीर खिचेर फेसबुके भाईरलको अर्थ छैन । कम्युनिष्ट आन्दोलन बचाउनु छ भने माधव नेपालको समाजवादी पनि मिल्नु पर्छ । मोहन विक्रमलाई क्रान्तीकारी बन्नु छ । भारतले उनलाई मिल्न दिदैन भन्ने कुरा प्रचण्डले बुझ हुन्छ । त्यो बेला नारायण काजीले विद्रोह गर्न सक्ने अवस्थाको ख्याल तीनले गर्नुपर्छ । जसले काजीलाई भाग दिलाएर चित्त बुझाई रहेका छन् । क्रान्तीका कुरा गर्ने सिपी व्यक्ति हुन संस्था बन्न धुस्याहा शैलीले सकेनन् । झापाली विद्रोहको अर्थ छैन । जो त्यो विद्रोहसँग् जोडिए । तीनले राजधानीमा ठूला गाडी महंगा भवन कब्जा गरी दर सन्तानलाई पुग्ने गरी जोडि सकेका छन् । सर्वहारा वर्ग देखाउने दाँत हो । कम्युनिष्टको नाउमा सबैले जनता ठगी सकेका छन् । माओवादी र जनयुद्दका पहरेदारहरुको एकता गरिबको हित र कल्याणको लागि होइन त्यो त अहिले बुर्जूवा गणतन्त्र र संघिय संरचनाको रक्षा हुन्छ कि भनेर हो । काँग्रेस र एमालेको ओली ब्राण्डले संघियता र गणतन्त्र बचाउन सक्दैन । पूरानो पुस्ता सम्मान लिएर बस्यो नयाँ पूस्ता अगाडि आयो भने नेकपाको एकता र भावि रणनीतिका लागि केहि आश जाग्न सक्छ ।