Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हुलाकी सडकमा भ्रष्टाचार चुलिँदै

काठमाडौं । सडक विभागको भद्रगोल चम्काएर प्राविधिका रुपमा भन्दा ठेकेदारको व्यवहार प्रदर्शन गर्ने आशोक तिवारी आफू हुलाकी सडकमा आउँदा एक करोड ५० लाख घुस खुवाएको बताउँछन् । उनले ७५ लाख मन्त्री पत्नीलाई बुझाएर बाँकी ठेक्का लागेपछि बुझाउने सर्त छ । अशोकले इञ्जिनियरिङ सेवा भन्दा बढी ठेकेदारी शैली अपनाएको धेरै भयो । सडकको डन भएकाले खवरदारी भएकै छैन । हुलाकी सडकमा आउँदैमा डेढ करोड घुस खुवाउनेले आफ्नो लगानी उठाउन कामको गुणस्तर हेर्दैन भन्ने कुरा मन्त्रालयले कति बुझ्छ ? मन्त्री रघुवीर बदनाम यस्तैबाट हुन्छन् ।

जबकि भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई अहिलेको संरचनाले भ्रष्टका रुपमा लिएको छ । मन्त्रीले पत्नी जुली महतोलाई क्यासियरका रुपमा खटाएका छन् । मन्त्री पत्नीनै पैसा बोलकबोल गर्ने भएपछि अशोक तिवारी जस्ता तरुनीका लागि एकछिनको ५० हजार खर्च गर्नेले कस्तो कामलाई महत्व देलान् अनुमान गर्न सकिन्छ । सडकका डनहरूमाथि मन्त्रालय मौन हुँदा उनीहरूको हौसला बढेको हो । सचिव र महानिर्देशकलाई समेत नटेर्ने अशोक तिवारीको कार्यक्षमता उनले नेतृत्व लिएका जिल्ला सडक डिभिजनका काम हेरे पुग्छ । ललितपुृरमा तिवारी रहँदा मर्मत भएका सडक गुणस्तरहिन थिए । उनले प्रदीप श्रेष्ठलाई बिटुमिन, ढुंगा–गिटी, बालुवा सप्लायर्सका रुपमा लगेका छन् । श्रेष्ठ रक्सी व्यापारी पनि हुन् । उनी सडक विभागमा हाजिर मात्रै गर्ने र ठेकेदारहरूको पछि लाग्ने कर्मचारी पनि हुन् ।


सम्बन्धित समाचार