Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हेरिटेज पेजेन्टस्का लागि नेपाली प्रतियोगी चयन

अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०२०’ मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठले मिसेस र रानाभाटले मिसतर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । हेरिटेज पेजेन्टस्का लागि आधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले शनिवार पुल्चोकस्थित भिभान्त होटलमा कार्यक्रमको आयोजना गरी दुवै प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा ग्रीन आर्ट मिडियाले दुवै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस् नेपाल २०२०’ को क्राउनसमेत लगाइदिएको छ । कार्यक्रम इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटाले पानसमा बत्ती बालेर सुरु गरेका थिए भने कोरियोग्राफर रोजिन शाक्यले कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै समापन गरेका थिए । कार्यक्रममा पूर्वप्रतियोगी मिसेस दुर्गा विसुराल, मिस अदिति श्रेष्ठ र मिसेस मञ्जु ढकाललगायतको उपस्थिति रहेको थियो ।

दुवै प्रतियोगी केही दिनअगाडि राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस् नेपाल’को प्रारम्भिक चरणको अडिसनबाट छानिन सफल भएका हुन् । अडिसनमा विवाहित तथा अविवाहित गरेर २०० बढी महिलाको सहभागिता रहेको थियो । ‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हँुदैछ । नेपाललगायत विश्वका ५० मुलुकका प्रतिस्पर्धीहरूको सहभागिता रहने प्रतियोगितामा सौन्दर्य प्रतियोगितामार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले इप्लानेट प्रालिले आयोजना गर्दै आएको हो । नेपालीको रियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगिता आयोजनाको उद्देश्य विश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटाले बताए । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो । पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाँ दिल्ली, श्रीलङ्का, सिङ्गापुर हुँदै अहिले मलेसियामा आयोजना हुन लागेको हो ।


सम्बन्धित समाचार