Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
व्यवहारमा भद्र, युवा जोश र विवादरहित सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलको प्रस्तुतीले यस पटक काठमाडौं क्षेत्र नं. ५ मा जनलहर बढेको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग युवा नेता पौडेलको प्रतिस्पर्धाले पनि मतदातामा नयाँ अनुहारको प्रभाव पर्नु स्वाभाविक हो । विद्यार्थी कालदेखि लोकतान्त्रिक आन्दोलनमा होमिएका र अन्याय, अत्याचारविरुद्ध कुदेका युवाप्रति जनमत प्रभावित हुनु नौलो होइन । आफ्नै योजना र कार्यक्रम जनतामाझ राख्दा प्रतिपक्षी प्रति पनि नरम शैली प्रस्तुत गर्नु पौडेलको राजनीतिक संस्कार हो । कोभिड १९ को समयमा होस् या डेङ्गु रोकथामका लागि जनताबीच पुगेका पौडेललाई यो पटक पुनः जनतासमक्ष जान सहज भएको छ । विद्यार्थी कालमा शैक्षिक आन्दोलनका मुद्दाहरुमा अग्रसर भएका कारण उनले काठमाडौं छिरेपछि काँग्रेसको भगिनी संगठन नेविसंघको नेतृत्व समेत लिन पुगे ।
स्थानीय भूगोलभन्दा एकाएक केन्द्रीय तहमा पुगेका प्रदीपलाई १३औं महाधिवेशनले केन्द्रीय सदस्य दिलाएको थियो भने १४औं मा महामन्त्रीकै उम्मेदवार बन्ने आँट थपियो । संयोगवश उनकै अग्रजहरु गगन थापा र विश्व प्रकाशले महामन्त्री पद प्राप्त गर्दा प्रदीपको कुनै गुनासो रहेन । ०७४ सालमा माओवादी केन्द्र र एमालेको गठबन्धनबाट निर्वाचत जितेका ईश्वर पोखरेल चुनाव जितेको भोलिपल्टदेखि माओवादीविरुद्ध लागे । त्यो बेला नुवाकोटका डा. प्रकाशशरण महत र ओखलढुंगाका ईश्वर पोखरेलको बीचमा ९८६० मत अन्तर थियो । माओवादीको दाबीअनुसार त्यो मतमध्ये ९५०० मत उनीहरुको हो । अहिले उनीहरु सत्ता गठबन्धनमा सहभागि भएका छन् ।
ईश्वर पोखरेलको पार्टी राप्रपा, राप्रपा नेपाल, जसपा र परिवार दल मिलेर गठबन्धन बने पनि क्षेत्र नं. ५ मा एमालेलाई कसैको मत थपिनेवाला छैन । आर्थिक रुपमा विवादमा पर्दै आएका पोखरेललाई कोरोना कालको ओम्नी र हुकामहरुको सम्बन्ध लूटका कारण पनि मत घट्ने अवस्था छ । स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा गुटबन्दी गरेको आरोप पनि लागेकै हो । उनलाई कार्यकर्ताले पुरानो त्यो रिस देखाए भने पनि स्थिति अप्ठ्यारो छ । प्रदेशमा पोखरेलकै निकट रहेका दीपक निरौला र नारायण सिलवाललाई दोहो¥याउँदा पनि एमालेका कार्यकर्ताहरु आक्रोशित थिए । निरौलाले स्व. मनमोहनको नाममा गुठी खडा गरी स्कुल चलाएर निरन्तरता दिन नसक्दा आलोचित थिए । भद्रकाली सहकारीको लाखौं डुबाएको आरोप पनि उनलाई लागेकै छ । प्रदेश क मा नारायण सिलवालविरुद्ध एमालेकै बागी उम्मेदवार खडा भएका छन् ।
निरौलाको सहकारीसम्बन्धी विवाद बुढानिलकण्ठ नगरपालिकामा उजुरी परेको छ । तर त्यहाँ एमाले नेतृत्व भएकोले त्यो उजुरीलाई दबाइएको छ । सत्ता गठबन्धनका प्रदेश (ख) का उम्मेदवार श्याम खड्काले निरौलाका यी विषयहरु उठाउन थालेका छन् । प्रदेश (क) मा भैरव सापकोटाले नारायण सिलवाललाई कमजोर बनाइरहेका छन् । काँग्रेसको संगठन बलियो भए पनि विगतमा सो क्षेत्रका दुवै प्रदेश एमालेले प्राप्त गरेको थियो । टोखा नगरमा भएका सार्वजनिक जग्गाहरु कब्जा गर्नेहरुको संरक्षण एमालेबाट भएको छ । वडा नं. ७ का नरोत्तम रानाले कब्जा गरेको जग्गा होस् वा श्री समाज नजिकैको सार्वजनिक जमिन, नगरपालिकाले चासो दिएर खोजि गरिरहेको छैन । त्यहाँ भूमाफिया दीपक कुँवरले पनि यस्तै जग्गा कब्जा गरेका छन् । यी जग्गाहरु नगरपालिकाले आफ्नो धिनमा ल्याउन चासो दिइरहेको छैन । रातो पासपोर्ट काण्डका अमिर गुरुङ हुन् वा लाल्क्र्याल लामालाई एमाले बनाएर अवसर दिने ईश्वर पोखरेल राष्ट्रपतिबाट वितरण हुने विभूषण तथा पदक वितरणमा समेत जोडिएका थिए । त्यही कारण पनि उनलाई यस पटक सहज भन्दा असहज स्थिति बढिरहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल