Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हैसियत बिर्सेका डा. मिनेन्द्र !

काठमाडौं । कोइराला परिवारको दाश बन्नु भन्दा विद्रोह गरेर विजय गच्छदार, खुबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंहसम्मलाई साथ लिएर शेरबहादुर देउवाले पार्टी विभाजन गर्दैनथे भने अष्ट्रेलियामा बसोबास गरेका पिआरधारी डा. मिनेन्द्र रिजाल पार्टीको नेता बन्ने थिएनन् । उदयपुरबाट चुनाव जित्ने डा. नारायण खड्का पनि देखिने थिएनन् । डा. मिनेन्द्र देउवाकै पुच्छर बनेर पार्टी केन्द्रीय सदस्य भए । देशको परिवर्तनसँगै कांग्रेसमा विचार पक्षको जग बसाल्न सफल कृष्ण सिटौला पक्ष बनेर संञ्चारमन्त्री पनि भए । सभापति देउवाकै नेतृत्वको गठबन्धन सरकारमा रक्षामन्त्री भएकै बेला पार्टीको १४औं महाविधेशनमा डा. शेखर समूहबाट महामन्त्रीको समेत उम्मेदवार भए । निर्वाचनमा पराजित भएपछि डा. रिजालले मन्त्री पद त्यागेका थिए ।
अहिले यिनै डा. रिजाल काँग्रेसमा विद्रोह ल्याउन निकै खटे । डा. शेखर कोइराला परिवारका प्राप्त सरकारी सेवा, सुविधामा ४० प्रतिशत खोज्दा पाएकै थिए । तर उनले एमालेसँग मिल्न आफूलाई सांसद बनाउने शक्ति माओवादीमाथि बारम्बार आक्रमण गर्न सक्रिय छन् । डा. शेखरकै कारण कोशी प्रदेशमा विग्रह भयो । त्यो टिकाउ थिएन । आज काँग्रेसमा ठग, तस्कर, भ्रष्टहरूको विगबिगी छ । कानुनमन्त्री धनराज गुरुङ, डा. शेखर समूहकै हुन् । तर जनताको काम तिनले नगर्दा अपसज प्रधानमन्त्रीले पाएका छन् । काँग्रेस त्याग र निष्ठामा छैन ।
काँग्रेसभित्र सत्ता प्रधान चरित्र छ । आफ्नो तहमा गच्छअनुसार पदको बाँडफाँड गर्न नसक्दाको रिश गर्ने धेरै छन् । प्रम प्रचण्डलाई परिबन्धमा पार्ने काम डा. शेखर कोइरालाले गरेका छन् । डा. शेखर समूहलाई रोजेको मन्त्रालयमा संस्थापनले साथ दिएन । त्यसको रिस प्रधानमन्त्रीलाई पोख्ने र गृहमन्त्रीलाई हटाउन सभापति शेरबहादुर देउवाले जसरी प्रधानमन्त्रीलाई दबाव दिए त्यसले यो सरकारले अगाडि सार्ने योजनामा असर पु¥याएको छ । काँग्रेसभित्र संस्थापन र विपक्षी बीचको लडाइँ नै सरकारको गठबन्धन जोगिने र भत्कने कुरा हुन्छ । नेकाभित्र संस्थापन पक्षको इमान्दारिता नै विश्वासको आधार बनेको छ । डा. शेखर र गगन समूहले फुर्ति जति नै लगाए पनि ४० प्रतिशतको ठेकेदारी हो । चुनाव एउटाले जित्छ, भाग शेखरदेखि विमलेन्द्र र प्रकाशमानसम्मको लगाउनु पर्ने संस्थापनको बाध्यता छ । यस्ता गठबन्धन भत्काउन जसरी डा. शेखर समूहले शुरु ग¥यो, त्यो टिक्ने ठाउँ थिएन । कोशी प्रदेशमा राप्रपालाई सभामुख दिएर सत्ता गठबन्धनले जसरी बलियो बन्ने बाटो लियो त्यहाँ ओलिको दूत बनेर एमालेसँग मिल्ने डा. रिजालको दौड कृष्ण सिटौलालाई रोक्ने थियो । त्यो सफल भएन ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि भ्रष्टाचारमा डुबेका बालकृष्ण खाँण, मञ्जु खाँण, डा. आरजु राणा बिना महत जस्ता कसिंगरको विरोध गर्न सक्दैनन् । १३ जना गरिब जनताका छोरालाई चुनाव जित्न बम बनाउन लाग्दा भएको विष्फोटनले घाइते भएपछि उपचार नगरी बेहोस हुने सुई लगाएर इँटा भट्टामा खरानी बनाउने हिंस्रक मोहम्मद अफ्ताब आलमलाई कानुनी कारबाहीबाट मुक्त गराउने जस्तो कामको विरोध छैन । आफू भने प्रजातन्त्र ठान्ने काँग्रेसमा युवा भनिएका नेताले पनि सुधार्ने अवस्था भएन । काँग्रेस सुध्रने भन्दा बिग्रने बाटोमा छ । पार्टीका महासमिति बैठक र नीति अधिवेशनको तयारी रहेको त्यो काँग्रेसमा प्रदीप पौडेल, नैनसिंह महर र भुपेन्द्र शाही, जीतजंग बस्नेत, शंकर भण्डारीसम्मका कुनै योजना देखिँदैन । बिग्रेकालाई सपार्न सकिन्छ । नक्कल गर्नेलाई सुधार्ने ठाउँ हुँदैन । काँग्रेसमा बारम्बार सुविधा पाउने र लिनेलाई संस्थापनले स्थान दियो भन्ने आरोप त लाग्छ तर संस्थापनलाई नै अधिकार दिएको विधान बनाएर सामूहिकताको खिल्ली उडाउने काम युवाहरूबाटै भएको छ । जसले आफैंले लिएका अडान गरेका भाषण र चुनावी प्रतिबद्धता बिर्सेका छन् । सभापति देउवाले अडान लिएर सत्ता गठबन्धनका बेला गरेका सम्झौतामा जसरी अडान लिए त्यसले डा. मिनेन्द्र रिजालहरूको एमाले अध्यक्ष केपी ओली मोह उदांगो बनाउने बाटो खुलायो ।