Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

होटलमा महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ

झापा । होटलमा गएर महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले झापाबाट चार जना युट्युबर र टिकटकरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एक जना रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रमुख डीएसपी सन्तोष आर्चायका अनुसार एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको आभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
केही युट्युबर भने फरार रहेकोले खोजी भइरहेको डीएसपी आचार्यले बताए । अहिले उनीहरुमाथि अभद्र व्यवहार कसुरमा थप अनुसन्धान भइरहेको छ ।