Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ह्याकरले कृषि विकास बैंकबाट पनि लुटे २ करोड

काठमाडौं । ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ।
प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियो भन्नेबारे पनि केही बताएको छैन। तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीले पुष्टि गरे। प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो।
जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल