Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१ करोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

सिरहाको झिजोल गाउँका निवासी सामोननाथ यादवलाई आरके यादव र उमेश यादवले वरियापट्टी गाउँबाट अपहरण गरेर परिवारका सदस्यवाट १ करोडको फिरौतीको माग गरेका थिए । सोमनाथको परिवारले नेपाल प्रहरीलाई घटनाबारे जानकारी गराए लगत्तै सोमनाथलाई भारतको सुपौल जिल्लामा लुकाएर राखेको जानकारी प्रहरीले पाए । नयाँदिल्लीले यादवविरुद्ध जारी गरेको ‘रेड कार्नर’ नोटिसपछि सुपौलका एसपी मनोज कुमारले घटनावारे जानकारी पाए । सोमनाथ यादवलाई अपहरण गरि शरिर वन्धक बनाई वेपत्ता बनाएको अभियोगमा भारतीय प्रहरीसंग समन्वय गरी जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह अपहरणमा संलग्न भारतीय नागरिक उमेश यादवलाई पक्राउ गर्न सफल भए । सुपौलका एसपी मनोज कुमारले डीएसपी रामानन्द सिंह कौशलको नेतृत्वमा एसआईटी गठन गरे र आफैंले अनुगमन गर्न थाले । यसैबीच एसआईटीले सूचना पायो अपहरणपछि सोमनाथ यादवलाई सुपौल र मधुबनी जिल्लाको केही ठाउँमा राखिएको छ र हरेक दिन अपहरणकारीले ठाउँ बदलिरहन्छन् । प्रहरीलाई अर्को सूचना मिल्यो सोमनाथलाई उमेश यादवको घर निर्मलीको महुआ गाउँमा राखिएको छ । अपहरणकारीका बाबु हरि नारायण यादवको बयानमा निर्मली प्रहरी चौकीमा मुद्दा दर्ता भयो । अपहरणमा संलग्न मधुबनी जिल्ला निवासी सतीश यादव पक्राउ परे । पक्राउ परेका सतीश यादवसंगले प्रहरीसंग सोमनाथको हत्या गरेको जानकारी दिँदै सोमनाथको हत्या गरेर उनको शब कोसी नदीमा फ्याँकेको जानकारी दिए । प्रहरीले गोताखोरको सहयोगमा सोमनाथको शव खोजेपनि भेटन सकेन ।प्रहरी अनुसन्धान जारी थियो अपहरणकारीको मोबाइल आरके यादवको ससुरालीबाट बरामद ग¥यो । सिरहाको गोठटोलमा रहेको आरके यादवको घरमा प्रहरीले छापा मा(यो, तर आरके यादव फेला परेनन् ।त्यसपछि सुपौल र प्रदेश २ प्रहरी आरके यादवको खोजीमा केन्द्रित भयो । आरके यादव नयाँदिल्लीमा रहेको सूचना प्रहरीले पायो । सुपौल प्रहरी र नेपालको प्रदेश २ प्रहरीको सन्युत्त टोलिले उनलाई नयाँदिल्लीबाट पक्राउ गरी सुपौलमा ल्यायो ।


सम्बन्धित समाचार