Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१० लाख मानिस लिएर बालुवाटार र सिंहदरबार घेर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपाको आन्तरिक किचलो मुलुकले झेलिरहेको बेला सत्तापक्ष नेकपा र प्रतिपक्ष नेकपा शक्ति प्रदर्शनमा लागेका छन् । माघ २३ को सत्तापक्षको शक्ति प्रदर्शनलाई उत्तर दिन माघ २८ मा आयोजित प्रतिपक्ष नेकापको शक्ति प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई छिटो फैसला र निर्णय गर्न भनेका छन् । उनले अदालतले संसद विघटनको पक्षमा फैसला गरेमा ठुलो आँधीहुरी आउने भन्दै सजलो नठान्न चेतावनी दिए । ढिलो नगरी फैसला गर्नुहोस्, जनताको विपक्षमा फैसला गरेमा दुर्भाग्य हुनेछ त्यो जनतालाई सह्य हुनेछैन, आज नेकपाको आफ्नो समूहको विरोधसभामा बोल्दै प्रचण्डले अदालतलाई कडा शब्दमा भने, जनताको विरुद्धमा फैसला भएमा आँधी आउँछ हुरी आउँछ कसैले थाम्न सक्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा संसद विघटन गराएको आरोप लगाउँदै नडराई फैसला गर्न आग्रह गरे । उनलेभने, डराएर फैसला नहोस् । फैसला गर्ने प्रत्येकलाई विचार गर्न भने । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुतर्फ संकेत गर्दै विचार गर्न भने । निर्वाचन आयोगलाई छिटो निर्णय दिन आग्रह गरे । आयोगको भुमिकाप्रति आशंका गर्दै भने, कसैले सजिलो नठाने हुन्छ । आयोगलाई खुट्टा नकमाउन आग्रह गरे । उनले ओलीले हिजो आयोगमा गएर बोलेको विषयलाई काइते भन्दै त्यसको पछाडि नलाग्न भने । प्रचण्डले देशमा शान्तिपूर्ण क्रान्ति हुने बताए । उनले भने,‘अब देशमा शान्तिपूर्ण हरित क्रान्ति हुन्छ । अदालतको फैसला र अयोगको निर्णय आफूहरुको विपरित आएमा कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस् ।