Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ।
प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै प्रस्तावित राजदूतहरूले समितिसमक्ष पेस गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराइने संसद् सचिवालयले जनाएको छ।
प्रस्तावित १३ राजदूतविरुद्ध कुल सातवटा उजुरी परेका छन्। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर परेका छन् भने पाँचवटा उजुरी एक–एक जना प्रस्तावित राजदूतलाई लक्षित गरी परेको समितिले जनाएको छ।
सरकारले असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट १३ देशका लागि राजदूत सिफारिस गरेको थियो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरालाई सिफारिस गरेको छ।
त्यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।
संसदीय सुनुवाइ समितिले उजुरी तथा प्रस्तावित राजदूतका कार्ययोजनामाथि अध्ययन गरेपछि सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
२०८३ आश्विन २०
ताजा नेपाल
२०८३ आश्विन २०
ताजा नेपाल
२०८३ आश्विन २०
ताजा नेपाल