Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१३० को तेल २३० पुग्दा जनतालाई पीडा छैन ?

काठमाण्डौँ । सरकारका चालक प्रधानमन्त्री केपि शर्मा ओलीको दृष्टिमा देशको बिकास धान्नै नसक्ने गरी भएका बखान गरेका छन् । तर व्यवसायका रूपमा क्रण लिएर कृषि पेशामा लागेकाहरूको पिडा सरकारले पनि देखेन । किसान र श्रमजिविको पार्टी भन्न रुचाउने नेकपाको बहुमत पक्षले पनि यो पीडा सुनेको छैन । बिपक्षी दलको नाताले काँग्रेसले किसान, मजदुरहरूको पिडालाई आन्दोलनको मुद्दा बनाउनु पथ्र्यो । पुरानो पार्टी हो काँग्रेस त्यस्ता बिषयमा ध्यान दिँदैन । जुन पार्टीको नेता चुनाब जित्न मजदूरलाई ईंटाभटामा कोचेर जिउँदै जलाउँछ त्यो पार्टीका नेताले गरिवी, अशिक्षा, बेरोजगारी र अभाबप्रति ध्यान दिन्छ कसरी ?

अहिले दलहरू शक्ति प्रर्दशनको दोहोरीमा उत्रिएका छन् । तर जनताको सरोकार र आबश्यकतालाई कसैले चासो दिएको छैन । जनताका नाममा सडकमा रमिता देखाउनेहरूले १३० मूल्य पर्ने भटमासको ते २३० पुग्दा पनि चुइक्क बोल्दैनन् । भन्दा त सबैतिरबाट जनताकै नाम आउँछ । सरकार जनताको अधिकार स्थापित गर्न जनतामा गएको बताउँछ भने सडकमा रमिता देखाउनेहरूले पनि जनताकै अधिकारको कुरा गर्छन् तर महंगीले साँच्चैका जनता पिल्सिएको कुन चाहिँ राजनीतिक दलले देख्यो ? कि चुनावलाई चाहिने खर्च जनताबाट निचोर्न थालेको हो ?

दलका नेता सर्बेसर्बा, जनता गोठाला, कार्यकर्तालाई नेताका दाब बनाउनेबाहेक गणत्रन्त्रमा केही उपलब्धी भएन । भ्रष्टाचारले कानूनी रूपमै लाइसेन्स पाएको कुरा ओलि शासनको ३ बर्षमा नेपाल ट्रंष्टको सम्पत्तिमा भइरहेको माफिया समूहको मनपरिले पुष्टि गर्दछ । आफ्नो गुटका कार्यकतालाई नै जागिर दिने, सरकारी सेवा–सुबिधा दिलउने हो भने चुनाबमा ओलि गुटका उम्मेदवारलाई भोट किन दिने ? चुनाब अगाडि जनताको घरदैलोमा जाने नेताले दिएका खोक्रा आश्वासन जनताले किन सुन्ने ?


सम्बन्धित समाचार