Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब माथिको बजेट ल्याउन लागेको छ । अपरान्ह ४ बजे अर्थमन्त्री जर्नादन शर्माले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । बजेट साँढे १७ खर्ब सम्मको हुने विश्वस्त स्रोतले बताएको छ । स्थानीय तह, प्रदेश र केन्द्रका लागि विनियोजन हुने बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बुझिएको छ ।
स्थानीय तहमा मात्र ३ खर्ब बजेट विनियोजन गरिएको छ । प्रदेशमा पनि १ खर्ब माथि बजेट विनियोजन गरिएको बुझिएको छ । वृद्धभत्ताको उमेर घटाइएको, अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा साँढे ५ लाखसम्म वार्षिक आम्दानी गर्नेलाई १ प्रतिशतमात्र कर लाग्ने बताइएको छ ।
इन्धनमा लाग्ने कर घटाएर मूल्य समायोजन गर्ने गरी कर घटाउन लागिएको छ । सरकारले लोकप्रीय कार्यक्रमहरु ल्याएर चुनावमा नागरिकको मन जित्ने रणनीति समेत बनाएको छ । ८ कक्षासम्मका विद्यार्थीलाई दिवाभोजका लागि बजेट बढाइएको बुझिएको छ । युवालाई आकर्षित गर्ने खालका विषय पनि बजेटमा समावेश गरिएको छ ।
आज दिउँसो ४ बजे बजेट भाषण
आज दिउँसो ४ बजे आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लागेका हुन् । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने सङ्घीय संसदको संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित भइसक्न प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेका छन् । ४ बजेबाट बजेट भाषण सुरु हुने भएकाले ३ बजेर ४५ मिनेट जानुभन्दा अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन उनले अनुरोध गरेका छन् । बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल