Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
– स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य
याे आह्वानलाई सार्थक तुल्याउन स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा तयार पारिएकाे अवधारणा :-
– म रक्तदान गर्नेछु ।
– मैले रक्तदान गर्न शुरू गरें ।
– नियमित रक्तदान सामाजिक दायित्व हाे ।
– “Start 18 Stars Team”
उच्च मा. बि. पढ्दै गरेका वा साे सरह उमेरका स्वस्थ युवायुवतीहरूलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो १८ औं वर्षको जन्माेत्सब रक्तदान गरि मनाउन प्राेत्साहित गर्नु याे अवधारणाकाे प्रमुख उद्देश्य हाे । यसरी आफ्नो १८ औं वर्षको जन्म दिन रक्तदान गरि मनाउंदै प्रत्येक तीन/तीन महिनाकाे अन्तरालमा नियमित रक्तदान गर्दै रगत र रक्त तत्वहरूकाे आपूर्तिमा सहज बनाउन याेगदान पुय्राउनु यसको मुख्य लक्ष्य रहेको छ । माथि उल्लेखित उमेरका युवायुवतीहरूलाई संगठित गर्दै यसकाे उद्देश्यनुरूप उक्त समूहलाई सहि तवरले परिचालन गर्दै स्थानीय स्तरमा उ.मा.वि. र साे सरह उमेर पुगेकाहरू बीच समन्वय गरि रक्तदान कार्यलाई प्रभाबकारी ढंगबाट समाजमा संचालन गर्नु याे अवधारणाकाे प्रमुख कार्य हुनेछ । यसले नयाँ नयाँ रक्तदाताहरूकाे संख्यामा बृध्दि हुने क्रम बढ्ने बिश्वास लिएकाे छ । यदि काेहि पनि आफ्नो १८ वर्षकाे जन्मदिन रक्तदान गरि मनाउन चाहनु हुन्छ भने हामी तपाईंको घरमा आई परिवारजन,आफन्त र साथिभाइहरू बीच रक्तदान गराउने व्यवस्था मिलाउने छाैं । यसबाट तपाईंलाई शुभकामना व्यक्त गर्ने साैभाग्य प्राप्त हुने आशा एवं विश्वास लिएका छाैं ।
यसै अवधारणालाई सार्थक तुल्याउन व्यवहारिकरण गर्दै आज ताैलुङ्ग,बुढानीलकण्ठ नगरपालिका – १ वडा, प्रदेश-३ निवासी स्वराज सागर प्रधानले आफ्नो १८औं बर्षकाे जन्म दिन केन्द्रीय रक्त सञ्चार सेवा, कालिमाटीमा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाकाे बिशेष आयाेजनामा रक्तदान गराउने कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका अध्यक्ष नबिन महर्जन र सचिब राजन महर्जनको तथा नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारकाे बिशेष उपस्थितमा साे कार्यक्रममा भएकाे थियो । साे बिशेष रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाता स्वराज सागर प्रधानलाई Start 18 Stars Team काे लाेगाे अंकित ब्याज पहराउनुका साथै नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका अध्यक्ष नविन महर्जन र केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारद्वारा संयुक्तरूपमा शुभकामना-पत्र प्रदान गरि धन्यवाद ब्यक्त गरेका थिए । रक्तदान गरि आफ्नो १८ अाैं जन्मदिन मनाउने स्वराज सागर प्रधानका बुवा बिजय सागर प्रधानद्वारा समेत रक्तदान गरि छाेरालाई हाैसला प्रदान गरेका थिए ।
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल