Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२ साता अगाडि नै ‘पशुपति प्रसाद २’को बुकिङ खुल्यो

कार्तिकको ४ गतेबाट फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा झनै चुलिएको छ । यसैले, देश तथा विदेशमा यो फिल्मको धमाधम बुकिङ समेत खुलाउन थालिएको छ । फिल्मको नेपालमा पनि बुकिङ खुलेको छ । काठमाडौंको चुच्चेपाटीमा रहेको एफक्यूब हलले फिल्मको शोज २ साता अगाडि नै खुलाएको छ । एफक्यूबले यो फिल्मलाई शनिबार मात्र ६ शोज उपलब्ध गराएको छ । फिल्म रिलिजको २ साता अगाडि नै बुकिङ खुलेको संभवत यो पहिलो पटक हो । यसले, फिल्मको हाइप कुन तहमा छ भन्ने देखाउँछ । दीपेन्द्र के खनालको निर्देशनमा खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्मको ट्रेलरले समेत गज्जबको प्रतिक्रिया दर्शकबाट पाएको छ । यसैले, फिल्मका लागि दर्शकको उत्साह हेरेर नै हलमा बुकिङ खुलाउन थालिएको हो । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने आँकलन गरिएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल