Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२१ दिनपछि बल्ल उठे डा केसी

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै एक्लो आन्दोलनमा लागिरहने प्राडा गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी बिहीबार साँझ डिस्चार्ज भएका हुन् ।
कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स्वाब परीक्षणका लागि दिएका केसीको रिपोर्ट कात्तिक २८ गते पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका केसी आज डिस्चार्ज भएका हुन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


सम्बन्धित समाचार