Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२४ वर्षपछि दोस्रो पटक उत्तर कोरिया पुगे पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा गएका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उत्तर कोरियाको भ्रमणमा पुटिन दोस्रो पटक पुगेका हुन् । रुसले पुटिनको यो भ्रमणलाई मैत्रीपूर्ण राजकीय यात्रा नाम दिएको छ ।

पुटिनको उत्तरकोरिया भ्रमणले विश्वभर चर्चा पाइरहेको छ । पश्चिमा देशहरुले यी दुई नेताबीच हुने छलफललाई चासोका साथ हेरेका छन् । उनीहरुलाई रुस र उत्तर कोरियाबीच हतियारको डिल हुन सक्ने डर छ ।

युक्रेनविरुद्धको लडाइँमा रुसलाई उत्तर कोरियाले आर्थिक सहायता र प्रतिरक्षा प्रविधिसँग सम्बन्धी समझदारी हुने अनुमान पश्चिमा देशहरुले गरेका छन्

हुन पनि रुसलाई युक्रेनविरुद्धको लडाइँमा डटिरहन थप अत्याधुनिक हतियारको आवश्यकता छ । युक्रेनलाई अमेरिका र अमेरिकाका सहयोगी देशहरुले सहयोग गर्दै आएकाले रुसलाई युक्रेनसँगको लडाइँ पेचिलो बन्दै गएको छ ।

ब्रिटिश मिडिया वेबसाइट इन्डिपेन्टका अनुसार पुटिन र किमजोङ्ग उनबीच एक बैठक पनि आयोजना भएको छ । सो बैठकमा पुटिनले युक्रेनविरुद्धको लडाइँमा रुसलाई समर्थन गरेको भन्दै उत्तर कोरियाको प्रशंसा गरेका थिए । साथै उनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्धको मिलेर सामना गर्ने चाहना पनि व्यक्त गरेका थिए ।

उत्तर कोरिया बसाइको क्रममा पुटिन गाला कन्सर्टमा सहभागी हुने र अर्थोडक्स चर्चको भ्रमण गर्ने छन् ।

दुई दिने भ्रमणका लागि उत्तर कोरियामा जानुअघि पुटिनले त्यहाँको पत्रिकामा लेख पनि लेखेका थिए । सो लेखमा पुटिनले उत्तर कोरिया र त्यहाँका जनताले आफूलाई गरेको समर्थनप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै उनले भनेका छन्, कपटी, खतरनाक र आक्रामक दुश्मनविरुद्ध उत्तर कोरियाली जनताको स्वतन्त्रता तथा पहिचानको लडाइमा रुसले सधैं साथ दिँदै आएको छ र आगामी दिनमा पनि दिइरहने छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल