Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२७.७५ अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो ।

यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ४।४० अंकले बढेर ३८१।०७ विन्दुमा पुगेको छ । १३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । तीन उपसमूहको समूहगत सूचक घटेको छ ।

११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ ।

समग्रमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल