Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४ सय ६७ जनाले जिते कोरोना

काठमाडौं । नेपालमा कोरोना संक्रमित मात्रै बढेका छैनन्, कोरोनलाई पछार्नेहरु पनि बढेका छन् । आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २ जना महिला र १०० जना पुरुष डिस्चार्ज भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा १०२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिइएको हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४६७ पुगेको छ । आइतबार थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको संख्या ३ हजार ४४८ पुगेको जानकारी दिएका हुन् ।