Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४६ युवतीको नग्न तस्वीर लव खड्गीको मोबाइलमा

भोटेबहालका २० वर्षीय लव खड्गीलाई प्रहरीले किशोरीको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा पक्राउ गरेको थियो । साइबर ब्यूरोमा यस्ता खाले थुप्रै घटना आइराख्छन्, त्यसैले प्रहरीले यस घटना पनि सामान्य तरिकाको छानविन थियो ।

तर ब्यूरोमा रहेको फरेन्सिक प्रयोगशालामा खड्गीको मोबाइल जाँच गर्दा अनुसन्धान अधिकृतले जे देखे, त्यसले प्रहरीलाई नै चकित बनाइदिएको छ । अहिले प्रहरीले यसलाई गम्भीर घटनाको रुपमा लिएर छानविन गरिरहेको छ । प्रहरीलाई सुरुमा लागेको थियो, ‘खड्गीले फोटोसपबाट नक्कली तस्वीर बनाएर एक जना किशोरीलाई धम्क्याएका होलान् ।’
तर फरेन्सिक जाँचमा एक वा दुई मात्र होइन, ४६ जना किशोरी र युवतीको नग्न फोटो र भिडियो बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ । ब्यूरोका एक अधिकृत अनलाइनखबरसँग भन्छन्, ‘साइबर अपराधका मैले कयौं केशहरु हेरेँ, अहिलेसम्म यस्तो थाहा पाएको थिइन ।’

उनका अनुसार ती भिडियो तथा तस्वीरलाई तुरुन्तै जाँच गरेर वास्तविक भए नभएको पनि परीक्षण गरियो । त्यसक्रममा सबै भिडियो खड्गीलाई सामाजिक सञ्जालबाट तिनै किशोरी तथा युवतीहरुले पठाएको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।

अधिकृतहरुका अनुसार ४५ जनाको फोटो भिडियो कसरी उनको मोबाइलमा भयो भनेर खड्गीसँग सोधपुछ गर्दा उनले केही आफ्नो पूर्वप्रेमिका भएको र केहीले इन्स्टाग्राममा पठाएको स्वीकारेका छन् ।
खड्गी पक्राउ गरेको १५ वर्षीया किशोरीको जाहेरीको आधारमा हो । यो घटनामा इन्स्टाग्राममा उनले पीडितलाई फलो गरेका छन् । सुरुमा फलोब्याक नगरेपछि उनले गाली गरेका छन्, युवतीले जवाफ फर्काउँदै गएपछि बुबाआमालाई ‘छाडा बोलेको’ स्क्रिनसट पठाइदिने भनेर धम्की दिएका छन् ।

परिवारसँग डराएर किशोरीले विस्तारै नग्न तस्वीरहरु पठाउन थालेको पीडितको जोहरीमा उल्लेखित विवरणमा खुलाइएको छ । ‘सुरुमा घाँटीभन्दा तल शरीरको निश्चित भागको फोटो पठाए कसैलाई नभनिदिने भनेर धम्क्याएको थियो’ जाहेरीमा भनिएको छ, ‘पछि भिडियो पनि पठाउन लगाएको थियो ।’ पटकपटक पठाउँदा पनि खड्गीले दुःख दिन नछाडेपछि किशोरीले परिवारका एक सदस्यलाई यो विषय सुनाइन् । त्यसपछि यो घटना प्रहरीसम्म पुगेको थियो ।
प्रहरीले उनकै जाहेरीका आधारमा अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार