Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कुमारी बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिका लागि ‘१० केबिएल डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो । यसमा बार्षिक १० प्रतिशत ब्याज पाइने छ ।
ऋणपत्रमा कात्तिक २ देखि १२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा १६ गतेसम्म आवेदन दिन सकिने छ ।
५० लाख इकाई मध्ये ३० लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यस्तै १ लाख इकाई सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल