Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनतालाई सत्य सुचना प्रवाह गर्ने पत्रकारहरु समेत कोरोना महामारीको चपेटामा परेका छन् । महासंघको आवाश गृहलाई कोरोना उपचार कक्ष बनाएको पत्रकार महासंघले आफ्ना सदस्यहरुलाई सचेत रहन आग्रह गरेको छ । चैत २५ गते भएको निर्वाचनमा निर्वाचित केन्द्रीय समितका उपाध्यक्ष सहित चार जना कोरोना संक्रमणबाट ग्रष्ट छन् ।
महासचिव रोशन पुरीका अनुसार देशैभरि ६ सय पत्रकारको पोजेटिभ रिपोर्ट आएको छ भने उपत्यकामा २ सय जना ग्रष्ट छन् । महासचिवका अनुसार ७ जना पत्रकार कोरोना कै कारण ज्यान गुमाएका छन् भने ३ जना आइसीयू र भ्यान्टिलेटरमा रहेका छन् । ती पनि २ जना उपत्यकाको भित्रैका छन् । कोरोना प्रभावित क्षेत्र निर्धारण गरिएको छैन । विषेश गरि भारतबाट आवत जावत गर्नेहरुमा यो संक्रमण बढि छ । पत्रकारहरु अस्पतालमा मात्र होइनन् । जनताको आवत जावत हुने स्थानमा पनि रिपोर्टिङका लागि पुग्ने गर्दछन् । जनतालाई सुसुचित गराउनु पर्ने दायित्व बोकेको समूह नै कोरोना ग्रस्त भएपछि सत्य तत्थ सूचनाको संकलन र प्रशारणमा समेत असर पर्ने अवस्था आएको छ । दशरथ रंगशालामा सञ्चालित फुटबल प्रतियोगिता समेत कोरोना कै कारण स्थगित भएको छ । यो महामारीबाट बच्नका निम्ति सरकारले जनतालाई सार्वजनिक अपिल गरेपनि अस्पतालहरुमा कोरोना संक्रमितहरुको भिड बढ्न छोडेको छैन । राष्ट्रिय महामारीलाई ध्यान दिदै सरकारबाट ठूलो अस्पतालहरुलाई बेड थप्न दिइएको निर्देशनको कार्यन्वयन भने चूस्त रुपमा भइरहेको छैन ।
समस्या आउँछ त्यसको निम्ति सजकता अपनाउन राज्यको तहबाट गर्नु पर्ने तयारी समयमा नहुँदा स्थिति भयावह बन्न पुगेको हो । प्रधानमन्त्री केपि ओलीले बालुवाटारको जमघट धरहराका जमघट जस्ता धेरै कार्यक्रमहरु आफू प्रतक्ष सहभागी भएर देखाएको दम्ब पनि कोरोना महामारी बढाउन हतियार बन्यो भन्दा फरक पर्दैन । यस्तो बेलामा पदीय स्वार्थलाई केन्द्रविन्दुमा राखेर प्रमको निर्देशनमा प्रदेश सरकारहरुले देखाएको निकृष्टताको जति सुकै आलोचना गरे पनि कम हुन्छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल