Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ

काठमाडौं । घरमा लुकाएर राखिएको रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका–६ रामहिटी (बौद्ध)बाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेका महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्ले जानकारी दिए ।
चन्दका अनुसार मुगु घर भएका श्यावा लामाको बोद्धस्थित घरमा राखिएको अवस्थामा रक्तचन्दन फेला परेको हो । प्रहरीले बरामद भएको रक्तचन्दनसहित थप अनुसन्धान र कारबाहीका लागि दुवै जनालाई काठमाडौंको हात्तीसारस्थित वन कार्यालयमा पठाएको छ ।