Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अर्थ मन्त्रालयले बीमा क्षेत्रको समग्र अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक सुझाव पेश गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशीलकुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्।
अर्थ मन्त्रालयका अनुसार समितिलाई बीमा क्षेत्रको विद्यमान अवस्था अध्ययन, सुधारका लागि आवश्यक सुझाव संकलन तथा प्रतिवेदन तयार गरी ९० दिनभित्र मन्त्रालयमा पेश गर्ने कार्यादेश दिइएको छ।
समितिले बीमा क्षेत्रलाई थप प्रभावकारी, प्रतिस्पर्धी तथा सुदृढ बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारका विषयमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
२०८३ श्रावण १९
ताजा नेपाल
२०८३ श्रावण १९
ताजा नेपाल
२०८३ श्रावण १९
ताजा नेपाल