Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

९०२ जना संक्रमित थपिँदा २२८७ फुलमालासहित घर फर्के

काठमाडौं । पछिल्ला दिनमा संक्रमितको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या दोब्बर हुन थालेको छ । नेपालीले कोरोना जित्ने आत्मविश्वास बढाउने यस्ता घटनाले कोरोनासँगको आतंक कम हुँदै गएको छ । बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ। यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ । फाइल तस्बिर


सम्बन्धित समाचार