Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आफ्नो अनुसन्धानमा विषेश अदालतले खोट देखाएर सिक्टा सिचाँइको भ्रष्टाचारमा सहभागी ठेकेदार, विभागीय प्रमुख, परामर्शदाता, इञ्जिनियरसम्मलाई सफाई दिएको विषेश अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको छ । न्यायपालिकामा न्यायाधिशहरूको कमी हुँदा समयमा मुद्धा फैसला नहुँदा न्यायीक अपेक्षा गर्ने धेरै तड्पिएका बेला विषेशले गरेका भ्रष्टाचारसम्वन्धी मुद्धाको पूनरावलोकन गर्ने थलो पनि सर्वोच्च नै भएको छ । त्यो अदालतमा ६ न्यायाधिश पद रिक्त छन् । अदालत गएपछि समयमा न्याय पाईंदैन भने त्यो पुनरावेदनको अर्थ छैन ।
सर्वोच्च अदालतले भ्रष्टाचारसम्वन्धी अख्तियारले पूनरावेदन गरेको तत्कालीन स्थितिमा चिरञ्जीवी वाग्ले, जेपी गुप्ताहरूको फैसला पनि लामो समय बिताएको थियो । भ्रष्टाचारसम्बन्धी पूनरावेदन छिटो हुने परिपाटी नहुँदा अख्तियारद्वारा भएका अनुसन्धान र छानविनमा आलोचना गर्ने ठाँउ रहन्छ । बिशेष अदालतबाट भ्रष्टाचारमा डुबेका धेरैले सफाई पाउने तर अख्तियार पुनरावेदनमा गएपछि विशेषका मुद्धाहरू सर्वोच्चमा गएर उल्टिने गरेका छन् । सिक्टा सिचाँईको प्रमुख ठेकेदार कालिका कन्ट्रक्सन हो । माटोमा दोष देखाएर सफाई पाएका २१ जनाकैविरुद्ध अख्तियार सर्वोच्च गएको हो । कुनै पनि योजना निर्माणपूर्व माटो परिक्षण, वातावरणीय अनुसन्धान गरिन्छ । तर सिक्टामा माटो परिक्षण र वातावरणीय अनुसन्धानमा ठेकेदार पक्ष र सिचाँइ विभागले ख्याल नराख्दा सो योजनाको हालत यस्तो भएको हो । २ अर्ब १३ करोड भ्रष्टाचार भएको दाबी गरेको अख्तियारलाई विशेष अदालतले सघाएन । २०७५ मंसीर २१ मा आयोगले रु ८ अर्ब ५० करोड बिगो दाबी गर्छ । सो ठेक्कासँग जोडिएका २१ जना रहेका छन् । काम गरेको कम्पनीले परिक्षणमै नहर भत्कदा नि विशेष अदालतले सफाई दिएकै कारणले राप्रपाबाट बिक्रम पाण्डे सांसद हुन नपाएका हुन् । उनी प्रचण्ड सरकारको शुरुको गठबन्धनमा घुस खानु आमाको रगत खाए बराबर भन्ने पार्टी अध्यक्ष राजेन्द्र लिङदेललाई ५ करोड चढाएर सहरी विकास मन्त्री पनि भएका थिए । ०५९ सालमा सम्भाव्यता अध्यन गरेर ४२ हजार हेक्टरमा सिचाँइ गर्ने गरी सिक्टा आयोजनाको परिकल्पना भएको हो । यो योजनाको ४३ खण्डमा १२ कम्पनीले काम गरेका थिए । तर परिक्षण अवधिमा पाण्डेकै कालिका कन्टक्सनको कार्य क्षेत्र भत्केको थियो । रु १४ अर्व ५२ करोड २२ लाखको सो ठेक्का ४३ खण्ड थिए । तर भ्रष्टाचार २ अर्व १३ करोड भन्दा बढी भएको अनुमान गरिएको छ । ५० घन मिटर पानीको शक्ति धान्न नसक्दा सिक्टाको लगानी बगेको हो त्यसको जिम्मेवार गुणस्तरहिन निर्माण कार्य गर्ने कालिका कन्ट्रक्सन हो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल