Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अग्रवाल समूहले तीन अर्ब ठग्यो

काठमाण्डौ–सामान्य नागरिकले २–४ लाख ऋण लिन खोज्दा अबिस्वास गर्ने मौका परे त्यस्ताको धितो जफत गर्ने गरिब मारा बैकिङ्घ सिस्टमलाई चुनौती दिदै ग्रिनलाइन सेन्टरका ओम प्रकाश अग्रवाल पूत्र अमित अग्रवाल र अभिषेक अग्रवालले बैक बाट लिएको ३ अर्ब लिएर नेपालबाट पलायन भएका छन् । पुस २२ गतेबाट यो ठगि केस दबाएर राखेका बैंकहरुले सूचना लुकाएपनि एका एक बाहिरिएको छ । यो टोलिले इन्भेष्टमेन्ट बैक ३२करोड मेघा बैंकको २५करोड एभरेष्ट बैकको २२करोड ग्लोबल आइएमइको १८करोड मात्र होइन सेवा बिकास बैक र सहकारीहरुबाट पनि करोडौ ऋणलिएको कुरा प्रहरिले खुलाएको छ । यो परिवारको ५० करोडको सम्पति त्यागेर के अर्थ भयो ? ३ अर्बको सम्पति लिएर नेपाल छोडेर जाँदा । नेपाली हेडलाइन न्युज पोटलका अनुसार अग्रवाल दाजु भाई बाट ठगिएका बैकहरु मध्ये मेघा बैक ले प्रहरीमा उजुरी दिएको छ ।तर अरु बैकले चासो दिएका छैनन् । उनिहरुले धितो राखेको जग्गामा आफ्नो बोर्ड भने राखेका छन् । दरबारमार्गको ग्रिनलाइन सेन्टर , एलाइन्स डिष्टिब्युटर्स , अभि–अभि टे्रडिङ्घको रक्सी ब्यापारबाट यो समुहले कमाइको उत्कर्समा पुग्दा महत्वकाक्षा बढायो तर मदिरा उद्योग चलेन । ज्ञानेश्वरको घर जग्गामा एभरेष्ठ बैक र ग्लोबल आइएमइले सुचना टाँसेका छन भने कालिमाटिमा मेघा बैकले धितो कब्जा गर्ने जनाए पनि टंगालका तिनवटा अपार्टमेन्टमा कसले दाबी गर्छ थाहा छैन । प्रहरीले भने यो टोली भारत पलायन भएको आशंका गरेको छ ।


सम्बन्धित समाचार