Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अति भएपछि खति हुन्छ महाराज !

निष्ठाको राजनीति ध्वस्त हुँदा मान्छेले नैतिकता र सिद्धान्तलाई कसरी ध्वस्त बनाउँछ भन्ने कुरा नेकपात्रि स्वार्थका लागि विधि र प्रक्रियाका कुरा गर्ने केपी ओली र उनको हैकवादी चत्रिरले छर्लङ्ग बनाइदिएको छ । लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ दश बल्ड्याङ भनेको यही हो । पार्टीमा कुनै छलफल, सरसल्लाह, परामर्श बिना ओली वादले लादेको एक दर्जन एजेन्डा सबै असफल भएका छन् । तर पनि उनी आफैं दल विभाजन गराउने, सांसद अपहरण जस्तो राज्य विप्लव काममा सहभागी छन् । राष्ट्रपति विद्या भण्डारी समेत यो अपराधमा एकाएक सहभागी बनेर संवैधानिक धरातल ध्वस्त बनाउँदै छिन् । उनी जनताकी राष्ट्रपति होइनन् एमालेभित्रको ओली गुटकी राष्ट्रपति बन्न रुचाइन् । नेपाली जनताले परिवर्तनकारी संघर्षमा ज्यान दियो । रगत बगायो । शासकका रुपमा ०६३÷६४ को आन्दोलनको बालकोटमा बसेर विरोध गर्ने केपी ओली जस्ता अहंकारी चरित्र देखा परे । तत्कालिन एमाले नेतृत्व ठोस निर्णमा ढुलमुले चरित्र प्रदर्शन गथ्र्यो । त्यसकै फाइदा लिएर पार्टीमा गुटबन्दीको खेती गरेर राजनीति इमान्दारितामाथि खुँडा प्रहार गर्ने ओली चिन्तनले लिएको हो । काग बढी बाठो हुँदा आची खान्छ भने जस्तै भएको छ । यस पटक राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु र फिर्ता गर्नु । दलीय परामर्श बिनाको परिणाम भयो के ? प्रम ओली र उनको टीमले सरकारमा रहँदा पार्टीको मर्यादा र गरिमा कति राख्यो ?
आफ्नो अहंकारले कतिलाई पिरेको छ प्रधानमन्त्री र पार्टी तहबाट विचार भएन । आफूले आदेश दिने हैसियतका शुद्ध लठैतहरुलाई सल्लाहकार राखेर प्रधानमन्त्री ओलीले जसरी एकलौटी रुपमा शासन चलाए त्यसले सरकारका काममा पार्र्टीले अपनत्व दर्शाएन । सरकार सिंहदरबार र बालुवाटारमा रमायो । नीतिगत लुटले सार्वजनिक खरिद ऐन र आर्थिक सन्तुलनमा ध्यान दिएन । सिद्धान्त, आदर्श, विचार र पद्दतिका कुरा लत्याइयो । पार्टीको मर्यादा राखिएन । नेताको हैसियत हेरिएन । प्रमको आडमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरुको बदनाम गरियो । प्रमले छाउरा र छौडाको अराजकतामा मजाक ठाने । किनकि नेकपाको नाउमा जनताले दिएको मत ओली गुटको पुख्र्र्याैली आर्जन थियो । त्यही कारण हरेक ठाउँमा नीतिगत लुट चम्काइएको छ । अख्तियार दर्शक भएको छ । त्यहाँ लुटेराहरुको नजर पर्दैन वा उनीहरुले अख्तियारको समेत मर्यादा राख्दैनन् ।
कम्युनिष्ट पार्टीको यस्तै दुर्दशा र बदनामी जनताले रुचाएकै छैन । ओलीवादको हैकमलाई त्वम शरणम् शैलीमा जयजयकार गर्ने हनुमानहरुले समय यसरी उल्टेला भन्ने ख्याल गरेनन् । अति भएपछि खति हुन्छ महाराज ! समयलाई हेप्दा र पार्टीको मर्यादा नराख्नाको फल देखियो त ! राम्रो गरेको भए बहुमत प्राप्त पार्टीलाई दुई तिहाई चाहिँदैनथ्यो । कम्युनिष्ट पार्टीलाई जनताको सेवक बनाएको भए लकडाउनमा श्रमिक वर्गले भोकभोकै सडक यात्रामा निस्कन पर्दैनथ्यो । ओली र उनको झुण्डले सिंहदरबारबाट फर्माएको आदेश स्थानीय सरकारले कही पनि कार्यन्वयन गरेन । राहतलाई चुनवाी मतसँग जोडेका छोटे महाराजहरुले देखाएको व्यवहार कीर्तिपुरका मेयर रमेश महर्जनले सार्वजनिक गराए । सांसद अपहरण काण्डका महानायकहरु कानुनी रुपमा कारबाहीमा नपरे पनि जनताको नजरमा अपराधी दर्ज भए है अहंकारी महाराज ! किनकि उनीहरुविरुद्ध फौजदारी अभियोगको मुद्दा दर्ता गर्न प्रहरीमा जाँदा मुद्दा दर्ता भएन । लोकतन्त्रको पर्यायवाची शब्द र व्यवहार अनि व्याख्या यही हो ?


सम्बन्धित समाचार