Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अदालतले सफाइ दिए पनि पल जेलमै

काठमाडौं । तनहुँको जिल्ला अदालतले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले आरोप प्रमाणित गर्न दाबी प्रमाणहरू नपुगेको भन्दै शाहलाई मंगलबार सफाइ दिएको हो। उनका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिएको छ। एक बालिकालाई बलात्कार आरोप लागेका शाहलाई नवलपरासी पूर्व र तनहुँ अदालतमा मुद्दा दायर भएको छ। बाल यौन दुरूपयोग मुद्दामा भने नवलपरासी पूर्वले उनलाई २ वर्ष ६ महिना जेल जसाय र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति भर्नुपर्ने सजाय यसअघि नै सुनाइसकेको छ। हाल उनी त्यही सजाय काट्न जेलमै छन्। त्यसकै कारण तनहुँ अदालतको सफाइपछि पनि उनी रिहा भने हुनेछैनन्।