Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष ओलीको भाषणबीचमा भीम रावल जिन्दाबाद

काठमाडौं। नेकपा एमालेमा अध्यक्ष ओलीले रुचाए भने त्यसले ठाउँ पाउँछ र ओलीसँग अधिकारको कुरा गर्यो भने भीम रावल बनिन्छ भन्ने उदाहरण थुप्रै छन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीमरावल जिन्दाबाद भन्दै नारा लगाएका छन् । ओली बोल्ने क्रममा फ्लोरबाट भीमरावल जिन्दाबाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागिले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरु’ भन्दै धम्काउने प्रयास गरेका थिए । त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले एमाले छोडेर झक्कीएर गएका कार्यकर्तालाई पनि एमालेमा फर्कन अपिल गरेका छन् ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल